नयाँ आइफोन किन्ने योजनामा हुनुहुन्छ ? ८ हजार ७ सय रुपैयाँ मासिकमा नै पाईन्छ आइफोन ११

Technology Khabar १ मंसिर २०७६, आईतवार

नयाँ आइफोन किन्ने योजनामा हुनुहुन्छ ? ८ हजार ७ सय रुपैयाँ मासिकमा नै पाईन्छ आइफोन ११

काठमाडौं ।

काठमाडौं । आइफोन किन्ने योजनामा हुनुहुन्छ र रकम कसरी जुटाउने भनेर चिन्तित हुनुहुन्छ ? अब तपाईँले रकमको चिन्ता गर्नुपर्दैन् । १ लाख रुपैयाँ भन्दा माथि मूल्य रहेको आइफोन ११ सिरिज अब तपाईँले किस्ताबन्दीमा पनि किन्न सक्नुहुने भएको छ ।

अन्य ब्राण्डका स्मार्टफोनहरु किस्ताबन्दीमा किन्न पाईरहेको बेलामा आइफोनको बिक्रेताहरुले पनि किस्तामा आइफोन बेच्ने योजना ल्याएका हुन् ।

आइफोन ११ नेपाली बजारमा नोभेम्बर २२ अर्थात यहि शुक्रबारदेखि उपलब्ध हुनेभएसँगै बिक्रेताहरुले आइफोन ११ किस्ताबन्दीमा पनि दिने भएका हुन् ।

आइफोनको आधिकारीक आयातकर्ता तथा बितरक जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स र रिटेल स्टोरहरुले बैंकहरुको सहकार्यमा ग्राहकलाई मासिक किस्तामा आइफोन बिक्री गर्ने योजना ल्याएका हुन् ।

यदि ग्राहकसँग तत्काल रकम नभएपनि मासिकरुपमा न्यूनतम ८ हजार ७ सय रुपैयाँ किस्ताबन्दीमा आइफोन ११ सिरिज दिनेछन् । यसमा आइफोनको मोडल र मूल्यअनुसार रकम निर्धारण हुनेछ ।जेनेरेशन नेक्स्टकाअनुसार त्यसको लागि ग्राहकहरुले आइफोन आधिकारीकरुपमा बेच्ने रिसेलरहरुसँग कोटेसन माग गर्नुपर्ने हुन्छ भने त्यसपछि ग्राहकले तोकिएका बैंकमा प्रकृयाको लागि जानुपर्ने हुन्छ ।

त्यसपछि बैंकले पर्जेज अर्डर जारी गर्नेछ र त्यसको आधारमा बिक्रेताले ग्राहकलाई नयाँ आइफोन उपलब्ध गराउने छ ।

यस मासिक किस्ताको लागि ग्लोबल आईएमई बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकहरु नेटवर्कमा राखिएको कम्पनीले जानकारी दिएको छ ।

सो किनेको आइफोनको मासिक भुक्तानी असुल गर्ने दायित्व बैंकको हुनेछ र बै‌कले ग्राहकको खाताबाट कट्टि गरेर लिनेछ । कम्पनीले जानकारी नदिएपनि संभवत यसको लागि उल्लेखित बैंकहरुको क्रेडिट कार्ड आवश्यक पर्नेछ ।

यसबाहेक कम्पनीले दिने विभिन्न अफर र उपहारहरु समेत ग्राहकलाई साथमा उपलब्ध हुनेछ ।

यो पनि हेर्नुहोस्-

एप्पल आइफोन ११ सिरिज किन्ने हो ? त्यसो भए कम्तिमा १ लाख १० हजार रुपैयाँ बजेट छुट्याउनुस्

Global Bank
easy care

प्रकाशित: १ मंसिर २०७६, आईतवार

ताजा समाचार