क्यान महासंघ निर्वाचनका उम्मेदवारहरुको सूची यस्तो छ, दाबी विरोधपछिको नामावली प्रकाशित

Technology Khabar ३ मंसिर २०७६, मंगलवार

क्यान महासंघ निर्वाचनका उम्मेदवारहरुको सूची यस्तो छ, दाबी विरोधपछिको नामावली प्रकाशित

काठमाडौं ।

काठमाडौं । कम्प्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को मंसिर ७ गते हुने वार्षिक साधारण सभा तथा निर्वाचनको लागि उम्मेदवारहरुको नामावली प्रकाशित भएको छ । क्यान महासंघ निर्वाचन समितिको कार्यालयले निर्वाचनको लागि परेको दाबी विरोध उजुरी छानबिन गरी मंगलबार नामावली प्रकाशित गरेको छ ।

कार्यालयकाअनुसार मंसिर २ गते दिनको १० बजेदेखि १२ बजेसम्म दाबी विरोध उजुरीको समय रहेकोमा उक्त समयबधी भित्र पर्न आएको निवेदन उपर छानबिन गरि निर्णय पश्चान उम्मेदवारहरुको नामावली प्रकाशित गरिएको हो ।

कार्यालयका अनुसार अध्यक्ष पदमा नवराज कुँवर र सुनैना घिमिरे पाण्डेको उम्मेदवारी रहेको छ भने अन्य समूह सदस्यहरुतर्फको समेत नामावली प्रकाशित भएको छ ।

व्यक्तिगत समूह साधारण पुरुष तर्फ खुशल रेग्मी, घनश्याम खनाल, श्री पौडेल, श्रवण कुमार श्रेष्ठ, सुभाष खडका, दिनेश राज कार्कि, रेग बहादुर भण्डारी, चन्द्र बिलास भुर्तेल, वसन्त लिङथेप, श्रीधर मरासिनी, रुपेश भक्त श्रेष्ठ रहेका छन् । त्यसैगरि व्यक्तिगत समूह साधारण महिला तर्फ रत्नतारा तुलाधार बैद्य, सुषमा शर्मा, गुणकेशरी प्रधानको उम्मेदवारी परेको छ ।

व्यक्तिगत आजिवन सदस्यतर्फ विक्रम श्रेष्ठ, दामोदर अधिकारी, सुवर्ण शाक्य, हेमपाल श्रेष्ठ, सुमन लाल प्रधान, अमित अग्रवाल रहेका छन् ।

संस्थागत समूह साधारण तर्फ राजन कर्माचार्य, सुरेन्द्र प्रसाद न्यौपाने, शंकर लाल श्रेष्ठ, निरन्जन पटेल, राजेश कुमार अग्रवाल, आलोक कुमार मालु, रणजित कुमार पोदार, विश्व राम बलामी, उमेश रघुबंशी, अरुण कुमार वंसल, बुद्ध रत्न मानन्धर, न्हुछे बहादुर महर्जन रहेका छन भने संस्थागत महिलातर्फ सर्मिला भुजेल, सरिता सिंह, रेभा राज भण्डारी, नजुमा कार्किको उम्मेदवारी परेको छ ।

संस्थागत आजिवन तर्फ राजेन्द्र प्रसाद अर्याल, नवीन जोशी, डा. पवन कुमार शर्मा, बिक्रम सिंह, समीर प्रधान, अहमद खाँन रहेका छन् ।

विषयगत समूह सदस्यहरुतर्फ नारायण बहादुर थापा, प्रताप सापकोटा, चिरन्जिवी अधिकारी, भोजराज भट्ट छन भने जिल्ला सदस्यहरुतर्फ प्रदेशअनुसार उम्मेदवार नामावली सार्वजनिक भएको छ ।

निर्वाचन कार्यालयकाअनुसार प्रदेश नं. १ मा ठाकुर कुमार श्रेष्ठ, भुपेन्द्र मैनाली, प्रदेश नं.२ मा भुपाल दास श्रेष्ठ, दिपेन्द्र कुमार सिंह, प्रदेश नम्बर ३ मा भानुभक्त शर्मा, शेखर नाथ दुलाल, जयराम हुमागाईँ, श्यामकल श्रेष्ठ, प्रदेश नं, ४ मा अशोक बाबु राना, जगन बहादुर गुरुङ, कृष्ण प्रसाद पौडेल, ध्रुवराज शर्मा, रेशम गिरी, प्रदेश नम्बर ६ मा दल बहादुर खडका, भिम मल्ल, प्रदेश नम्बर ७ बाट हर्क बहादुर सेटी, खेम राज ढुङ्गानाको उम्मेद्वारी आएको छ ।

लेखा समितिको उम्मेदवार तर्फ संस्थागत समूहमा लक्ष्मण यादब, केशब प्रसाद भट्टराई, अनिता बराल रहेका छन भने व्यक्तिगत समूहतर्फ हृदय मान श्रेष्ठ, राजु कट्टेल र नारायण प्रकाश भुजु रहेका छन् ।

त्यस्तै जिल्ला शाखा समूहतर्फ भिमसेन गिरी र प्रसान्त टण्डन क्षेत्री रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हेर्नुस् उम्मेदवारको सूची-

Umedwar Namawali prakashaN
easy care

प्रकाशित: ३ मंसिर २०७६, मंगलवार

ताजा समाचार