भारतीय दूरसंचार नियामक निकायले आगमन कल ‘रिंगटोन’को समय सीमा तोक्यो

Technology Khabar १८ कार्तिक २०७६, सोमबार

भारतीय दूरसंचार नियामक निकायले आगमन कल ‘रिंगटोन’को समय सीमा तोक्यो
सांकेतिक

काठमाडौं ।

काठमाडौं । भारतमा आगमन कलको घण्टी कतिबेरसम्म बज्ने भन्ने विषयमा नियामक निकायले नयाँ नियम जारी गरेको छ ।

यसअघि भारतमा विभिन्न टेलिकम अपरेटरहरुले आफुखुशी आगमन कलको घण्टी बज्ने समय तोक्दा विवाद उत्पन्न भएको थियो । जसले गर्दा टेलिकम अपरेटरहरुले त्यसको लागि निश्चित नियम तोकिनुपर्ने बताउँदै आएका थिए ।

हालै भारतीय दूरसंचार नियामक प्राधिकरण(ट्राई) ले शुक्रबार मोबाइल र ल्याण्डलाइनमा आगमन कलको समयमा घण्टी बज्ने समय सीमा तोकेकोछ । ट्राईले कल आएको बेलामा मोबाइल फोनमा ३० सेकेण्ड र ल्याण्डलाइन फोनमा ६० सेकेण्डसम्मको रिंगटोन बजाउनुपर्ने बताएको छ ।

नयाँ नियमअनुसार यदि ग्राहकले फोन नउठाएपनि तोकिएको अवधिभन्दा पहिले रिंगटोन बन्द हुनुहुँदैन् ।

ल्याण्डलाइन र मोबाइल फोनको स्ट्याण्डर्ड र सेवा नियमहरुमा संशोधन गर्दै ट्राईले भन्यो, भ्वाइस कल आएको बेला यदि ग्राहकले फोन काट्दैन या त्यसको उत्तर दिँदैन भने, यस्तो अवस्थामा अलर्टको समय मोबाइल फोनको लागि ३० सेकेण्ड र ल्याण्डलाइन फोनको लागि ६० सेकेण्ड हुनेछ ।

यसअघि भारतमा कल गर्दा रिंगटोन बज्ने कुनै समय सीमा निर्धारण गरिएको थिएन । दूरसंचार कम्पनीहरुले एक आपसमा मनपर्दी ढंगले रिंग टाइम घटाउने आरोप लगाउँदै आएका थिए । यसो गर्दा दोस्रो नेटवर्कका उपभोक्ताबाट हुने कलब्याक अर्थात फिर्ता कल गराउने रणनीतिमा काम गरिरहेका थिए जसले गर्दा उनीहरुलाई फाईदा होस् । एजेन्सी

easy care

प्रकाशित: १८ कार्तिक २०७६, सोमबार