ह्वावेले आफ्नो ५जी लाइसेन्स दिन विभिन्न अमेरिकी कम्पनीहरुसँग छलफल गर्दै

Technology Khabar ३ कार्तिक २०७६, आईतवार

ह्वावेले आफ्नो ५जी लाइसेन्स दिन विभिन्न अमेरिकी कम्पनीहरुसँग छलफल गर्दै

काठमाडौं ।

काठमाडौं । अमेरिकी प्रतिबन्धमा रहेको चिनियाँ टेक कम्पनी ह्वावेले केहि अमेरिकी टेलिकम कम्पनीहरुसँग आफ्नो ५जी लाइसेन्स दिने बारेमा छलफल गरिरहेको छ ।

ह्वावेका वरिष्ठ भाइप प्रेसिडेन्ट तथा बोर्ड निर्देशक भिनसेन्ट पाङ्गले केहि फर्महरुले दिर्घकालिन डिल अथवा एक पटकको लाइसेन्स ट्रान्सफरको बारेमा रुची देखाएको रोयटर्सको रिपोर्टमा उल्लेख छ ।

केहि कम्पनीहरुले हामीसँग कुराकानी गरिरहेका छन, तर यसलाई अन्तिमरुप दिन निकै लामो यात्रा गर्नुपर्ने हुन्छ, पांगले भने ।
उनकाअनुसार हाल प्रारम्भिक चरणमा नै छलफल भईरहेको र त्यसको बिस्तृत चरणमा कुराकानी भएको छैन् ।

अमेरिकी सरकारले ह्वावेका उपकरणहरुद्धारा चिनियाँ सरकारको लागि जासुसी गर्नका लागि प्रयोग हुनसक्ने भन्दै प्रतिबन्ध लगाएको छ । तर ह्वावेले भने त्यसलाई अस्विकार गर्दै आएको छ । रोयटर्स

easy care

प्रकाशित: ३ कार्तिक २०७६, आईतवार