हंगकंगले ५जी नेटवर्कको लागि स्पेक्ट्रमको अक्सन पुरा गर्यो, ४ कम्पनीले पाए १५ वर्षे अनुमति

Technology Khabar २९ आश्विन २०७६, बुधबार

हंगकंगले ५जी नेटवर्कको लागि स्पेक्ट्रमको अक्सन पुरा गर्यो, ४ कम्पनीले पाए १५ वर्षे अनुमति
सांकेतिक तस्बिर

काठमाडौं ।

काठमाडौं । हंगकंगले ५जी स्पेक्ट्रमको लागि छुट्याएको ३.५ गीगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी चार वटा अपरेटरहरुलाई दिएको छ । हंगकंगको अफिस अफ दि कम्यूनिकेसन्स अर्थोरिटीले ३.५ गीगाहर्ज ब्याण्डमा २०० मेगाहर्ज फ्रिक्वेन्सी चारवटा मोबाइल अपरेटरहरुलाई अक्सनमार्फत दिएको हो ।

सो अक्सनमार्फत फ्रिक्वेन्सी प्रयोग रकमबापत १.००६ बिलियन हंगकंग डलर उठेको थियो ।

चाइना मोबाइल हंगकंग, हंगकंग टेलिकम्यूनिकेसन्स, हटसन टेलिफोन कम्पनी लिमिटेड र स्मार्टोन मोबाइल कम्यूनिकेसन्सले ३.५ गीगाहर्ज ब्याण्डमा भएको अक्सनमा सहभागी भएका थिए ।

जसमध्ये हंगकंग टेलिकम्यूनिकेसन्सले ५जी स्पेक्ट्रमको ५ह१० मेगाहर्ज अर्थात ५० मेगाहर्ज प्राप्त गरेको थियो जसमा कम्पनीले कुल २५२ मिलियन डलर कबोल गरेको थियो । कम्पनीलेसन् २०२० को दोस्रो चौमासिकदेखि ५जी हंगकंगमा संचालन गर्ने योजना लिएको छ।

हटसन टेलिकम्यूनिकेसन्स हंगकंगले आफ्नो सहायक कम्पनी हटसन टेलिफोन कम्पनी लिमिटेडमार्फत ४० मेगाहर्ज २०२ मिलियन हंगकंग डलरमा प्राीत गरेको थियो । कम्पनीले सन् २०३५ सम्म मात्र सो स्पेक्ट्रम प्रयोग गर्न पाउने छ ।

स्मार्टोनले भने ३५१० देखि ३५६० मेगाहर्ज सम्मको फ्रिक्वेन्सी रेन्ज २५२ मिलियन डलरमा पाएको छ । जबक िचाइना मोबाइल हंगकंगले ३४०० देखि ३४६० मेगाहर्ज फ्रिक्वेन्सी रेन्ज ३०० मिलियन डलरमा प्राप्त गरेको थियो ।

चारवटै कम्पनीहरुले परफरमेन्स धरौटी ग्यारेन्टीको रुपमा राख्नुपर्नेछ भने सन् २०२० जनवरी १४सम्ममा नेटवर्क र सर्भिस रोलआउट गर्नुपर्ने आवश्यक रहेको छ । यो स्पेक्ट्रमको प्रयोग सन् २०२० अप्रिल १ देखि आगामी १५ वर्षसम्मका लागि मात्र प्रयोग गर्न पाईने छ । एजेन्सी

easy care

प्रकाशित: २९ आश्विन २०७६, बुधबार

ताजा समाचार