ओपो रेनोटू एफ असोज २९ गते नेपालमा सार्वजनिक हुने, क्वाड क्यामेरा सेटअप र ८जीबी र्याम

Technology Khabar २६ आश्विन २०७६, आईतवार

ओपो रेनोटू एफ असोज २९ गते नेपालमा सार्वजनिक हुने, क्वाड क्यामेरा सेटअप र ८जीबी र्याम

काठमाडौं ।

काठमाडौं । ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ । कम्पनीका अनुसार रेनोटू एफ नेपालमा असोज २९ गते बुधवारका दिन सार्वजनिक गरिने छ ।

ओपोको सार्वजनिक हुने तयारीमा रहेको रेनोटू एफमा क्वाड क्यामेरा सेटअप, ८जीबी र्याम, हिडेन फिंगरप्रिण्टलगायत विभिन्न फिचर्सहरु उपलब्ध रहेका छन् । अत्याधुनिक फिचर्स सुसज्जित हुनुका साथै फोनले अदृतिय फोटोग्राफी, आकर्षक डिजाइन र लामो समय सम्म टिक्ने ब्याट्री लगायत सुविधापनि उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

रेनोटू एफको  जानकारी

ओपो रेनोटू एफमा यस पटक कम्पनीले क्वाड (चारओटा) क्यामेराको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपी पोट्रेट लेन्स रहेका छन् ।

अहिले फोनमा उपलब्ध गरिएको ४८एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ१.७९ एपर्चर र १/२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।

ओपो रेनोटू एफले अदृतिय तस्विर खिच्न सघाउनुका साथै यसमा समान भिडियो क्षमतापनि रहेको छ । फोनमा रहेका शक्तिशाली क्वाड क्यामेरा र तिनमा समाहित ४८एमपी प्रमुख लेन्स र अल्ट्रा नाइट मोड २.० का माध्यमबाट यसले जस्तो सुकै परिस्थितीमा उत्कृष्ट तस्विर खिच्ने क्षमता राख्छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमतापनि उत्तिकै सटिक रहेको छ ।

ब्याट्री
ओपोले गेमर्सका लागि ब्याट्रीको महत्वका बारेमापनि रेनोटू एफमा उत्तिकै ध्यान दिएको छ । यस कुरालाई विशेष दृष्टिगत गर्दै कम्पनीले फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ । यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ । फोनमा स्मार्ट एआई रेफ्रिजेरेटरको ब्यवस्थापनि रहेको छ । यसले चलायमन नरहेको अवस्थामा स्वचालितरुपमा एपलाई फ्रिज गरी ब्याट्री बचतमा सघाउ पु¥याउँछ ।

गेमर्सले अब मोबाइलमा आधा चार्ज बाँकी रहँदा खेललाई निरन्तरता दिनुपर्दा झेल्नुपर्ने तनावबाट मुक्ति पाउनेछन् । कम्पनीले यसको समाधानका रुपमा फोनमा भोक फ्ल्याश चार्ज ३.० प्रविधि उपलब्ध गराएको छ । भीएफसी फास्ट चार्जिङ अल्गोरिथमले प्रत्यक्षरुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर मात्र ३० मिनेटको समयमा ५१ प्रतिशत चार्ज गर्ने क्षमता राख्छ ।

त्यसैगरी, प्रयोगकर्तालाई उत्कृष्टताको अनुभव प्रदान गर्न स्मार्टफोनमा ८जीबी र्याम र दरिलो सुरक्षार्थ यसमा हिडेन फिंगरप्रिण्ट अनलक प्रणालीको ब्यवस्थापनि गरिएको कम्पनीले जनाएको छ ।

ओपो रेनोटू एफको मूल्य ४५ हजार रुपैयाँ भन्दा कम हुनसक्ने अनुमान गरिएको छ ।

easy care

प्रकाशित: २६ आश्विन २०७६, आईतवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार