सामसंगले नोट १० सिरिजको सस्तो भर्सन ल्याउँदै, सामसंग ग्यालेक्सी नोट१० लाइट नाममा आउने

Technology Khabar २६ आश्विन २०७६, आईतवार

सामसंगले नोट १० सिरिजको सस्तो भर्सन ल्याउँदै, सामसंग ग्यालेक्सी नोट१० लाइट नाममा आउने

काठमाडौं ।

काठमाडौं । सामसंगले ग्यालेक्सी नोट १० को सस्तो भर्सन ल्याउने चर्चा निकै समयदेखि आईरहेको छ । कम्पनीले नोट १० सिरिज अगस्टमा सार्वजनिक गरेसँगै सस्तो भर्सनको नोट आउने बताईएको हो तर अहिलेसम्म आएको छैन् ।

सामसंगले यसअघि ग्यालेक्सी नोटको सस्तो भर्सन सन् २०१४ मा नोट ३ नियोको रुपमा ल्याएको थियो भने त्यसपछि नोट सिरिजको प्रिमियम स्मार्टफोनहरु मात्र लन्च गरिरहेको छ । तर यो वर्ष भने कम्पनीले सस्तो नोट १० फोन ल्याउन सक्ने चर्चा आएका छन् ।

सामसंगले ग्यालेक्सी नोट १० सिरिजमा ग्यालेक्सी नोट १० र नोट १० प्लस सार्वजनिक गरेको थियो । अब भने सामसंगले नोट १० को सस्तो भर्सन ल्याउन लागेको छ ।

सो नयाँ फोनको मोडल नम्बर एसएम एन७७०एफ रहेको छ । साममोबाइलको रिपोर्टअनुसार सो डिभाइस यूरोपमा ब्ल्याक र रेड कलर अप्सनमा उपलब्ध हुनेछ । यसबाहेक सो फोनमा सामसंगको एस पेन पनि उपलब्ध हुनेछ । रिपोर्टहरुका अनुसार यो फोनको नाम सामसंग ग्यालेक्सी नोट१० लाइट (Samsung Galaxy Note10 Lite) हुनेछ ।

यो फोनको स्पेकहरु बाहिर जानकारीमा नआएपनि यो नोट १० र नोट १० प्लसको जस्तै तर त्यसको भन्दा केहि कम फीचरहरुसहित आउन सक्ने अनुमान गरिएको छ ।

easy care

प्रकाशित: २६ आश्विन २०७६, आईतवार

ताजा समाचार