ह्वावेका सिईओले भने– अमेरिकी सामाग्रीहरु प्रयोग नगरीकन नै ५जी बेस स्टेशन उत्पादन शुरु

Technology Khabar ९ आश्विन २०७६, बिहीबार

ह्वावेका सिईओले भने– अमेरिकी सामाग्रीहरु प्रयोग नगरीकन नै ५जी बेस स्टेशन उत्पादन शुरु
फाइल

काठमाडौं ।

काठमाडौं । ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडका संस्थापक तथा सिईओ रेन झेनफेईले अमेरिकी कम्पोनेन्ट बिना नै ५जी बेस स्टेशनहरु उत्पादन शुरु गरिसकेको जानकारी दिएको छ ।

उनले हालको उत्पादनलाई आगामी वर्ष दोब्बरले वृद्धि गर्ने समेत बताएका छन् । कम्पनीले अक्टोबरदेखि प्रति महिना ५ हजार ५जी मोबाइल कम्यूनिकेसन बेस स्टेशनहरु उत्पादन गर्ने तयारी गरेको जानकारी दिँदै आगामी वर्ष ह्वावेले १५ लाख स्टेशनहरु उत्पादन गर्ने योजना लिएको रेनले एक फोरममा बताए ।

विश्वको सबैभन्दा ठूलो टेलिकम उपकरण निर्माता कम्पनी ह्वावे गएको मे महिनादेखि अमेरिकी व्यापारको कालो सूचीमा रहेको छ । अमेरिकाले ह्वावेलाई आफ्ना उपकरणहरुमार्फत बेईजिङ्गको लागि जासुसी गर्ने गरेको आरोप लगाउँदै आएको छ भने ह्वावेले सो आरोप अस्विकार गर्दै आएको छ ।

अमेरिकी प्रतिबन्धको कारणले ह्वावेले हालै सार्वजनिक गरेको आफ्नो फ्ल्यागशिप स्मार्टफोन मेट ३० सिरिजमा गूगल मोबाइल सर्भिसहरु प्रयोग गर्न पाएको छैन् ।

‘हामीले अगस्ट र सेप्टेम्बरमा परीक्षणहरु गरिरहेका छौं र अक्टोबरदेखि हामी उत्पादनमा जानेछौं, प्रति महिना ५,००० यूनिट,’ रेनले भने ।
हाल कम्पनीको उत्पादन क्षमता यो वर्ष ६ लाख रहेको र ह्वावेले आगामी वर्ष त्यसलाई बढाएर १५ लाख पुर्याउने अपेक्षा गरिएको उनले जानकारी दिए ।

रेनले यदि संभव भएसम्म आफ्नो आत्मिय संबन्धको कारण अझैपनि अमेरिकी कम्पोनेन्टहरु ह्वावेले प्रयोग गर्न चाहेको बताएका छन् ।
यसअघि रेनले आफ्नो ५जी टेक्नोलोजीलाई बिक्री गर्न खुला रहेको बताएका थिए । जसमा पेटेन्टहरु, कोड, ब्लूप्रिन्टहरु र उत्पादनसँग सम्बन्धित जानकारीहरु पश्चिमा मुलुकहरुलाई एकैपटक बेच्ने बताएका थिए ।

यसबाहेक उनले अमेरिकी कम्पनीलाई ह्वावेको ५जी मोबाइल टेक्नोलोजीको लाइसेन्स दिने सोच राखेको बताएका थिए ।

अमेरिकी प्रतिबन्धका कारण कम्पनीले यो वर्ष करिब १ अर्ब डलर घाटा हुने अनुमान यसअघि नै गरेको छ । रोयटर्सबाट

easy care

प्रकाशित: ९ आश्विन २०७६, बिहीबार

ताजा समाचार