सामसंगका यी डिभाइसमा गूगलको एन्ड्रोयड १० अपडेट हुने, तपाईँको डिभाइस पनि पर्यो कि हेर्नुस्

Technology Khabar ३ आश्विन २०७६, शुक्रबार

सामसंगका यी डिभाइसमा गूगलको एन्ड्रोयड १० अपडेट हुने, तपाईँको डिभाइस पनि पर्यो कि हेर्नुस्

काठमाडौं ।

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसंगले नयाँ एन्ड्रोयड अपरेटिंग सिस्टम अपडेट हुने डिभाइसहरुको सूची सार्वजनिक गरेको छ ।

कम्पनीले एन्ड्रोयड १० अपडेटमा योग्य भएका सामसंग डिभाइसहरुको निकै लामो सूची अनलाइनमा देखिएको छ । जसमा यो वर्ष २०१९ मा लन्च भएको सबैजसो डिभाइसहरुको नाम रहेको छ, जसमा फ्ल्यागशिप डिभाइसहरुसहित लो ईण्ड डिभाइस, मिड रेन्ज ग्यालेक्सी एस र ए सिरिजका डिभाइसहरु पनि रहेका छन् ।

गत वर्ष सार्वजनिक भएका ग्यालेक्सी एस ९ सिरिज र ग्यालेक्सी नोट ९ पनि सो लिस्टमा छन भने एस ८ सिरिजको नाम छैन् । अझ यो लिस्टमा २०१८ मा लन्च भएको जे सिरिजका डिभाइसहरु पनि रहेका छन् ।

सामसंगले परम्परागतरुपमा आफ्ना डिभाइसहरुमा २ वर्षसम्मको प्रमुख एन्ड्रोयड अपडेट दिने प्रतिबद्धता गर्दछ, त्यसैले गत वर्षका डिभाइसहरुमा नयाँ ओएस अपडेट हुनसक्नेछन् ।

तर लिस्टमा यी डिभाइसहरुमा कहिले नयाँ अपरेटिंग सिस्टम अपडेट हुनेछ भन्ने कुनै मिति तोकिएको छैन् । त्यसैले क्रमशः माथिल्लो तहबाट तल्लो तहका डिभाइसहरुमा अपडेट आउने अनुमान गरिएको छ ।

यदि तपाईँले प्रयोग गरिरहेको सामसंगको डिभाइस पनि यो सूचीमा छ भने छिटै त्यसमा अपडेट आउने प्रतिक्षा गर्नुहोस् ।

तर यो लिस्ट सामसंगको आधिकारीक हो वा होईन भन्ने नै स्पष्ट नभएको हुँदा सामसंगले आधिकारीकरुपमा भनेपछि मात्रै केहि स्पष्ट हुनेछ ।

स्रोत

easy care

प्रकाशित: ३ आश्विन २०७६, शुक्रबार