आगामी वर्ष ५जी टेक्नोलोजीले आम्दानीमा सकारात्मक प्रभाव पार्ने ह्वावेको अपेक्षा

Technology Khabar २ आश्विन २०७६, बिहीबार

आगामी वर्ष ५जी टेक्नोलोजीले आम्दानीमा सकारात्मक प्रभाव पार्ने ह्वावेको अपेक्षा

काठमाडौं ।

काठमाडौं । ह्वावे टेक्नोलोजीजले ५जी रोलआउटले कम्पनीको आगामी वर्षको आम्दानीमा योगदान गर्ने अपेक्षा गरेको छ । कम्पनीले जतिबेला चीनमा लन्च हुने सेवाले थप प्रभाव पार्ने कम्पनीका डेपुटी चेयरम्यानले बताएका छन् ।

चिनियाँ टेलिकम उत्पादक कम्पनीले विश्वभर ५० भन्दा बढि व्यवसायीक सम्झौता हासिल गरेको बताएको छ ।

कम्पनीका डेपुटी चेयरम्यान केन हुले भने, ‘विशेषगरि एशियामा जतिबेला रोलआउटले तिब्रता दिनेछ कम्पनीले त्यतिबेलासम्म पर्खिने र आम्दानीमा देखिनयोग्य प्रभाव पर्ने अपेक्षा गरिएको छ।’

‘हामीसँग आगामी वर्षको मध्यसम्ममा स्पष्ट चित्र आउनेछ किनकी चीनमा पहिलो ब्याचको ५जी व्यवसायिकरुपमा रोलआउट हुनेछ र निश्चित बिन्दुमा पुग्नेछ,’ उनले भने ।

उनकाअनुसार ह्वावेले अब करिब ६० वटा सम्झौताहरु हात पारेकोछ ।

कम्पनीलाई अमेरिकी सरकारले गएको मई महिनामा प्रतिबन्ध लगाएदेखि अन्तराष्ट्रिय व्यवसायमा असर पर्दै आएको छ ।

यसअघि कम्पनीका संस्थापक तथा सिईओ रेन झेनफेईले आफ्नो कम्पनीको ५जी टेक्नोलोजीसम्बद्ध सम्पूर्ण विषयहरु बेच्न खुला रहेको बताएका थिए । उनले अमेरिकी चासो सम्बोधन गर्न सो विषय बताएका थिए ।

कम्पनीले बुधबारको कार्यक्रममार्फत विश्वको तिब्रगतिको आर्टिफिसियल इन्टेलिजेन्स ट्रेनिङ्ग कस्ल्टर पनि लन्च गरेको छ जसमा कम्पनीले १.५ बिलियन डलर डेभलपर प्रोग्रामअन्तरगत खर्च गर्नेछ । यसलाई एटलस ९०० भनेर चिनिनेछ ।

सो एटलस ९०० लन्च गर्दै ह्वावेका भाइस चेयरम्यान हु होउकुनले इन्टेलिजेन्समा नयाँ उचाई सिर्जना गर्न खोजिरहेको बताए । ह्वावे कनेक्ट २०१९ कार्यक्रममा सार्वजनिक भएको सो सेन्टरले एआईलाई बहुउद्धेश्यका कार्यहरुमा उपलब्ध गराउने छ ।

सो अवसर पारेर कम्पनीले एसेण्ड ९१० एआई चीप्सको पनि प्रदर्शन गरेको थियो ।

विश्वको दोस्रो नम्बरको स्मार्टफोन मेकर कम्पनीले आफ्नो उच्च स्तरको स्मार्टफोन यहि साता लन्च गर्दैछ ।

easy care

प्रकाशित: २ आश्विन २०७६, बिहीबार