फेक ईमेल पठाएर रकम ट्रान्सफर गर्न लगाउने गिरोहका २८१ जना विभिन्न मुलुकमा पक्राउ

Technology Khabar २८ भाद्र २०७६, शनिबार

फेक ईमेल पठाएर रकम ट्रान्सफर गर्न लगाउने गिरोहका २८१ जना विभिन्न मुलुकमा पक्राउ

काठमाडौं ।

काठमाडौं । ठूलो मात्रामा ईमेल स्क्याममार्फत रकम ट्रान्सफरको अपराध गरेको भन्दै विभिन्न १० देशहरुमा प्रहरीले २८१ जनालाई पक्राउ गरेको छ ।

बैंकहरुलाई झुक्याउँदै स्पूफ ईमेल मेसेजहरु पठाएर रकम ट्रान्सफर गर्न लगाउने गिरोहलाई विभिन्न देशका प्रहरीले अमेरिकाको संघिय जाँच ब्यूरोको समन्वयनमा पक्राउ गरेको हो । ती संकास्पद व्यक्तिहरुको समूहले विभिन्न व्यक्तिहरु तथा कम्पनीहरुबाट लाखौं डलर चोरी गरेका थिए ।

उनीहरुले बैंकलाई स्पूफ ईमेल मेसेज पठाएर रकम ट्रान्सफरको लागि अनुरोध गर्ने गरेका थिए । जसमा उनीहरुले नियन्त्रण गरेको बैंक एकाउन्टमा रकम जम्मा गर्न अनुरोध गर्ने गर्दथे ।

ती १० मुलुकहरुमा एकैपटक गरिएको सो अपरेशनमा करिब ३.७ मिलियन डलर समातिएको थियो भने करिब ११८ मिलियन डलर पुन फिर्ता गरिएको थियो । यसमध्ये सबैभन्दा धेरै पक्राउ अफ्रिकी मुलुक नाईजेरीयामा भएको थियो जहाँ १६७ जनालाई पक्राउ गरिएको थियो ।

त्यसैगरि अमेरिकामा ७४ जना र अन्य व्यक्तिहरु फ्रान्स, जापान, ईटाली, केन्या, मलेशिया र बेलायतमा पक्राउ गरिएका थिए । यी सबै व्यक्तिहरु बिजेनस ईमेल कम्प्रोमाईज जसलाई ईमेल एकाउन्ट कम्प्रोमाईजमा संम्लग्न रहेको बताईएको छ ।

यो एक प्रकारको अनलाइन स्क्याम हो जसमा आक्रमणकारीहरुले कम्पनीका कामदारहरुको एकाउन्टमा पहुँच प्राप्त गर्दछन र ती एकाउन्टमा पहुँच पाएपछि उनीहरुले अन्य कामदार वा बिजनेस पार्टनरहरुलाई उनीहरुको एकाउन्टमा रकम भुक्तानी गर्न वा मनि ट्रान्सफर गर्न अनुरोध गरेर ईमेल पठाउने गर्दछन् ।

बिजेनस ईमेल कम्प्रोमाईजलाई साइबरअपराधको बाहिरी तहको कार्यको रुपमा हेरिन्छ तर यो पछिल्लो दिनहरुमा ह्याकरहरुका लागि निकै फाईदाजनक हुँदै गएको छ ।

एफबिआईको इन्टरनेट कम्प्लेन क्राई सेन्टरकाअनुसार बिजेनस ईमेल कम्प्रोमाईज भनिएको स्क्याममार्फत विश्वभर सन् २०१६ जुलाईदेखि जुलाई २०१९ भित्र मात्रै २६ बिलियन डलर गुमेको थियो ।

अमेरिकी अधिकारीहरुले यस्तो स्क्यामरहरुको पक्राउ यसअघि पनि गर्ने गरेका थिए तर यो पटक भने बहुदेशिय अपराधीहरुलाई समेत पक्राउ गरिएको हो ।

एफबिआईले कसैलाई रकम पठाउनु भन्दा अघि त्यस्तो ईमेलको परीक्षण गरेर मात्र ती अनुरोधहरुलाई स्विकार गर्न भनेको छ ।

माध्यम

easy care

प्रकाशित: २८ भाद्र २०७६, शनिबार