फेसबुकले थाहा पाउँछ तपाईँले कहिले सेक्स गर्नुभयाे ? महिनावारीको पनि राख्छ जानकारी

Technology Khabar २५ भाद्र २०७६, बुधबार

फेसबुकले थाहा पाउँछ तपाईँले कहिले सेक्स गर्नुभयाे ? महिनावारीको पनि राख्छ जानकारी

काठमाडौं ।

काठमाडौं । तपाइँको नितान्त व्यक्तिगत डाटा लगायत तपाईँले कहिले यौन सम्पर्क गर्नुभयो भन्ने जस्ता गोप्य कुरा फेसबुकले थाहा पाउँछ ।
प्राइभेसी इन्टरनेसनलले गरेको एक अध्ययनअनुसारअनुसार महिलाहरुले प्रयोग गर्ने पिरियड ट्रयाकर एप्सले उनीहरुको स्वास्थ्यसम्बन्धी विभिन्न नितान्त व्यक्तिगत जानकारीहरु सामाजिक नेटवर्कमा के के शेयर भयो भन्ने जानकारी राख्दछ ।

यसबाहेक सो एपले महिलाहरुको महिनावारी चक्र तथा उनीहरुले कहिले गर्भनिरोधक साधनहरु प्रयोग गरे भन्ने बारेमा पनि फेसबुकले थाहा पाउँछ।

पिरियड ट्रयाकर एपले महिलाहरुको स्वास्थ्यसम्बन्धी विभिन्न नितान्त व्यक्तिगत जानकारीहरु लिएर तेश्रो पक्षअर्थात् थर्ड पार्टीलाई समेत उपलब्ध गगराउने गरेको रिपोर्टमा उल्लेख छ । त्यस्ता तेश्रो पक्ष सर्भिसहरु लिनेमा सोसल नेटवर्किङ्ग साइट फेसबुकसमेत रहेको छ ।

सो महिनावारी चक्रको बारेमा जानकारी राख्ने मेन्सुरेसन एप्सले नितान्त व्यक्तिगत जानकारीसमेत संकलन गर्ने गरेको छ, जसमा सामान्य स्वास्थ्य अवस्था, यौन सम्पर्कको बारेमा जानकारी, मानिसको मुड, र सो एप प्रयोगकर्ताले के खाए, पिए वा कहिले र कुन प्रकारको स्यानिटरी प्याड उनीहरुले प्रयोग गरे भन्ने बारेमा जानकारी राख्दछ ।

सो एपले यूजरलाई अर्को महिनावारी चक्र कहिले हुनसक्छ भन्ने अनुमान गर्ने मितिहरु समेत सुझाव दिन्छ ।

फेसबुकसँग भने सोसल नेटवर्कको सफ्टवेयर डेभलपमेन्ट किट एसडिकेमार्फत डाटा शेयर हुने गरेको छ जून टूल विभिन्न एप्सहरुले विज्ञापनदाताहरुसम्म पुग्न प्रयोग गर्ने गर्दछ ।

सो संस्थाले यो क्याटोगरीमा लोकप्रिय एप्सहरु पिरियड ट्र्याकर, पिरियड ट्र्याक फ्लो र क्लू पिरियड ट्र्याकरले भने फेसबुकसँग डाटाहरु शेयर नगर्ने भेटेको थियो ।

तर अन्य एप्सहरुमये प्लाकल टेकले बनाएको माया, मोबएप डेभलपमेन्ट लिमिटेडले बनाएको एमआईए र लिन्चपिन हेल्थले बनाएको माई पिरियड ट्रयाकरले भने व्यक्तिगत डाटा संकलन गर्ने गरेका छन् ।

अनुसन्धानकाअनुसार प्रयोगकर्ताका निजी जानकारीहरु शेयर गर्ने माया एप गुगल प्ले स्टोरमा मात्रै अहिलेसम्म ५० लाख पटक डाउनलोड भैसकेको छ भने मिया एप १० लाख पटक डाउनलोड भैसकेको छ । त्यसैगरि माई पिरियड ट्रयाकर एप पनि १० लाख पटक डाउनलोड भईसकेको छ ।

यी एप बनाउनेले फेसबुकको सफ्टवेयर डेभलपमेन्ट किटका माध्यमबाट एप्सलाई केही खास फिचर्सले अपडेट गरी प्रयोगकर्ताका डाटाहरु संकलन गर्ने गर्दछन् । प्रयोगकर्ताले यी एपमा राखेको आफ्नो नितान्त व्यक्तिगत जानकारी तथा सबै विवरणहरु सफ्टवेयर डेभलपमेन्ट किटका माध्यमबाट सीधै फेसबुकलाई पठाउने गर्दछन् ।

रिपोर्टअनुसार प्रयोगकर्ताले माया एपको गोपनीयता नीति स्वीकार गर्नुअघि नै प्रयोगकर्ताको विवरण फेसबुकसँग शेयर गरिसक्दछ। केही फिचर्सको सहायताले उक्त एपले प्रयोगकर्ताको मुडसमेत पहिचान गरी फेसबुकलाई जानकारी दिन्छ ता कि फेसबुकले प्रयोगकर्ताको मुडको समय र अवस्थाअनुसार विज्ञापन देखाउन सकोस् । यसले प्रयोगकर्तासम्म लक्षित विज्ञापन पुर्‍याउन कम्पनीहरुलाई सजिलो हुन्छ ।

शोधकर्ताहरुका अनुसार यसबाट कम्पनीहरुलाई निकै फाइदा हुन्छ किनकि जो महिलाहरु गर्भवती छन् वा हुनेवाला छन् उनीहरुको शपिङ गर्ने तरिकामा निकै परिवर्तन आउने सम्भावना हुन्छ ।

रजश्वला तथा गर्भलाई ट्रयाकिङ्ग गर्ने एपका बारेमा खुलासा भएसँगै कैयन् महिलाहरुले यो एपको प्रयोग बन्द गरेका छन् । आफ्ना व्यक्तिगत स्वास्थ्य सम्बन्धी डाटाहरुलाई यी एपले आफ्ना रोजगारदाता तथा विमा कम्पनीहरुसँग पनि शेयर गर्नसक्ने उनीहरुको आशंका छ ।

फेसबुकले सफ्टवेयर डेभलपमेन्ट किटको माध्यमबाट डाटा शेयर गर्ने एप्सको पहिचान गर्ने प्रयास भैरहेको जनाएको छ। कम्पनीले आफ्नो टम्र्स अफ सर्भिसले डेभलपरहरुलाई संवेदनशिल स्वास्थ्य सूचनाहरु पठाउन रोक लगाएको छ र यो भएको थाहा पाएसँगै कम्पनीले डेभलपरहरुलाई त्यसलाई रोक्न दबाब दिएको उल्लेख गरेको छ ।

योसँगै फेसबुकले यूजर्सका लागि ती एप्स र बिजनेसहरु बन्द गर्ने टूल लन्च गर्ने घोषणा गरेको छ, जसले सोसियल नेटवर्कमा उनीहरुको व्यक्तिगत डाटाहरु शेयर गर्दछ । एजेन्सी

easy care

प्रकाशित: २५ भाद्र २०७६, बुधबार