क्वाड क्यामरा सेटअपसहित भीभो भी१७प्रो स्मार्टफोन आउँदै, सेल्फीका लागि ड्यूल पप-अप क्यामरा

Technology Khabar २२ भाद्र २०७६, आईतवार

क्वाड क्यामरा सेटअपसहित भीभो भी१७प्रो स्मार्टफोन आउँदै, सेल्फीका लागि ड्यूल पप-अप क्यामरा

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर भीभोको नयाँ आउन लागेको भी१७प्रो (Vivo V17 Pro) स्मार्टफोनको बारेमा विभिन्न जानकारीहरु यसअघिदेखि नै आईरहेका छन् । तर अहिले भने यसको स्पष्ट तस्वीरहरु नै सार्वजनिक भएको छ ।

हालै वीनफ्यूचरले भीभो भी १७प्रोको स्पेसिफिकेसनसहितको तस्विर सार्वजनिक गरेको छ । जसअनुसार भीभो भी१७ प्रोमा ड्यूल पपअप सेल्फी क्यामरा रहेको देखिन्छ ।

भीभो भी१७ प्रो स्मार्टफोन ६.४४ इन्चको सूपर एमोलेड स्क्रीनसहित आउनेछ भने यसमा अण्डर डिस्प्ले फिंगरप्रिन्ट रिडर रहेको छ भने यसको डिस्प्ले १०८०ह२४४० पिक्सेलको छ । यो स्मार्टफोनको डिस्प्लेमा कुनैपनि नोच डिजाइन छैन् भने क्यामरालाई मोटोराज्ड पेरिस्कोसजस्तै गरि राखिएको छ ।

यसको सेल्फी क्यामरामा ३२ मेगापिक्सेलको मुख्य क्यामरा तथा २ मेगापिक्सेलको दोस्रो क्यामरा रहेको छ ।पछाडिको भागमा भने चारवटा क्यामराको सेट छ । यसमा ४८ मेगापिक्सेलको मुख्य रियर क्यामरा रहेको छ ।

भीभोको भी१७ प्रो स्मार्टफोनमा स्न्यापड्रागन ६७५ चीपसेट रहेको छ जून यसअघि भी१५ प्रोमा प्रयोग भएको थियो । यो ह्याण्डसेट ८ जीबी र्याम र १२८ जीबी स्टोरेज अप्सनमा आउनेछ । यसमा ब्याट्री पावर ४,१०० एमएएच हुने अनुमान छ ।

easy care

प्रकाशित: २२ भाद्र २०७६, आईतवार