टेलिकम उपकरणको विश्व बजार करिब ६ प्रतिशले बढ्यो, बजार हिस्सामा ह्वावे सबैभन्दा अगाडी

Technology Khabar १८ भाद्र २०७६, बुधबार

टेलिकम उपकरणको विश्व बजार करिब ६ प्रतिशले बढ्यो, बजार हिस्सामा ह्वावे सबैभन्दा अगाडी

काठमाडौं ।

काठमाडौं । विश्वभर टेलिकम उपकरणहरुको बजार करिब ६ प्रतिशतले वृद्धि भएको छ । टेलिकम्यूनिकेसन्सको क्षेत्रमा अनुसन्धान गर्दै आएको फर्म डेलओरो ग्रुपका अनुसार विगत १२ महिनामा टेलिकम उपकरणहरुको बजार करिब ६ प्रतिशतले बढेको हो ।

बजार बढाउनमा मोबाइल र्यान र अप्टिकल ट्रान्सपोर्ट सेल्सको मुख्य भुमिका रहेको छ । उपकरण उत्पादकहरुले यी दुई क्षेत्रमा क्रमश १० प्रतिशत र ८ प्रतिशत आम्दानी वृद्धि गर्न सफल भएका हुन् ।

टेलिकम उपकरणहरुको बजार पछिल्लो तीन वर्षमा पहिलो पटक वृद्धि देखिएको हो । यसअघि लगातार सन् २०१८ को तेस्रो चौमासिकसम्मपनि निरन्तर बजार घटिरहेको थियो । तर सन् २०१७ मा सबैभन्दा कमजोर रहेको बजार अहिले भने निकै सुधार भएको देखिएको छ ।

अधिकांश भेण्डरहरुले सन् २०१८ को चौथो क्वाटरदेखि सन् २०१९ को दोस्रो चौमासिकको अवधिमा उच्च प्रतिशतको वृद्धि गर्दै आम्दानी गरेकाछन् । जसमध्ये सामसंग, जेडटिई र सिएना मुख्य रहेका छन् ।

यदपी ह्वावे भने गएको मे महिनादेखि अमेरिकी कालो सूचीमा रहेको छ भने अनुमतिबिना अमेरिकी कम्पोनेन्टहरु खरिद गर्न रोक लगाईएको छ । तर पनि यो प्रतिबन्धले टेलिकम उपकरणहरुको बिक्रीमा ह्वावे कम्पनीलाई नकारात्मक असर हुनबाट बचेको छ । सन् २०१९ को दोस्रो चौमासिकमा सकिएको अवधिमा कम्पनीले अहिलेसम्मकै सबैभन्दा उच्च शेयर हिस्सा प्राप्त गरेको छ । ह्वावले सो अवधिमा २८ प्रतिशत टेलिकम उपकरणहरुको बजार ओगटेको छ ।

नोकियाले भने सो अवधिमा दोस्रो उच्च बजार हिस्सा लिन सफल भएको अनुसन्धान रिपोर्टमा उल्लेख छ ।

easy care

प्रकाशित: १८ भाद्र २०७६, बुधबार

ताजा समाचार