शाओमीको आउँदो स्मार्टफोन रेडमी के३० प्रोमा ५जी कनेक्टिभिटी हुने, अहिले विकासकै चरणमा

Technology Khabar १० भाद्र २०७६, मंगलवार

शाओमीको आउँदो स्मार्टफोन रेडमी के३० प्रोमा ५जी कनेक्टिभिटी हुने, अहिले विकासकै चरणमा
रेडमी के२० प्रोको तस्विर

काठमाडौं ।

काठमाडौं । शाओमीको अर्को ब्राण्ड रेडमीले यहि साता विश्व बजारमा नोट ८ सिरिज लन्च गर्ने तयारी गरेको छ । हालैमात्र रेडमीले नेपाली बजारमा आफ्नो पावरफुल स्मार्टफोन रेडमी के२० प्रो (Redmi K20 Pro) लन्च गरेको थियो ।

तर कम्पनीले रेडमी के२० प्रोको अपग्रेड भर्सनको बारेमा प्रचार गर्न शुरु गरिसकेको छ । आफ्नो नयाँ आउने नोट ८ सिरिजको पूर्वसंध्यामा अर्को फोन रेडमी के३० (Redmi K30) को बारेमा कम्पनीका ब्राण्ड म्यानेजरले नै नयाँ जानकारी दिएका हुन् ।

ब्राण्ड म्यानेजर लु वेईबिंगले चिनियाँ सोसियल साइट वेबोमा रेडमी के ३० स्मार्टफोन आउने र त्यसमा ५जी कनेक्टिभिटी सपोर्ट हुने बताए । तर सो स्मार्टफोन अहिले अनुसन्धान तथा विकासको चरणमा नै भएको जानकारी समेत दिएका छन् ।

सो स्मार्टफोनमा ५जी उपलब्ध भएमा शाओमीपनि सस्तो स्मार्टफोनमा ५जी ल्याउने प्रतिस्पर्धाको बारेमा आउनेछ । रेडमी अफोर्डेबल ब्राण्डको रुपमा शाओमीले ल्याएको हो । जसअन्तरगत मिडरेन्जका सस्तो मूल्यमा स्मार्टफोनहरु लन्च भईरहेका छन् । रेडमी का कुनैपनि डिभाइसहरुमा अहिलेसम्म स्न्यापड्रागन एक्स५० मोडेम प्रयोग भएको छैन् । यदपि रेडमी के२० प्रोमा सैद्धान्तिकरुपमा भने सो संचालन हुन सक्नेछ तर कम्पनीले के२० प्रोमा स्न्यापड्रागन ८५५ चीपसेट राखेको छ ।

रेडमीको के३० स्मार्टफोन अबको करिब ६ महिनापछि मात्र उपलब्ध हुनेछ र संभवत त्यो बार्सिलोनामा हुने मोबाइल वल्र्ड कंग्रेसमा आगामी वर्ष लन्च हुनसक्नेछ । एजेन्सी

easy care

प्रकाशित: १० भाद्र २०७६, मंगलवार