वनप्लसले नयाँ स्मार्टफोन ल्याउँदै, स्न्यापड्रागन ८५५ प्लस चीपसेट भएको फाइभजी स्मार्टफोन

Technology Khabar ३० श्रावण २०७६, बिहीबार

वनप्लसले नयाँ स्मार्टफोन ल्याउँदै, स्न्यापड्रागन ८५५ प्लस चीपसेट भएको फाइभजी स्मार्टफोन

काठमाडौं ।

काठमाडौं । वनप्लसले आफ्नो नयाँ फ्ल्यागशिप फोन सेभेन टी प्रो (OnePlus 7T Pro) मोडल ल्याउने चर्चा बाहिर आएको छ । कम्पनीले केहि महिनाभित्रै नयाँ स्मार्टफोन ल्याउन लागेको हो ।

वनप्लसका सिईओ पेट लाउले फाइनान्सियल टाइम्सलाई दिएको जानकारीअनुसार कम्पनीले नयाँ स्मार्टफोन ५जी प्रविधि युक्त हुनेछ । संभवत यो स्मार्टफोन यहि अक्टोबर देखि डिसेम्बरको बिचमा आउने छ ।

यसअघिको वनप्लस ७ प्रो ५जी जून केहि मोबाइल क्यारियरहरुमा मात्र उपलब्ध रहेको छ । तर नयाँ ५जी स्मार्टफोन भने विश्वभर लन्च गरिने बताईएको छ ।

कम्पनीले ल्याउने स्मार्टफोनको बारेमा धेरै जानकारी नआएपनि यसमा संभवत दुईवटा भेरिएन्टमा स्मार्टफोनहरु आउने अनुमान छ ।

वनप्लस सेभेन प्रो जस्तै एउटा फोरजी मोडल र अर्को फाइभजी मोडल हुनसक्नेछ । यी दुबै सेटहरुमा कम्पनीले स्न्यापड्रागन ८५५ प्लस चीपसेट प्रयोग गर्नेछ । संभवत यी फोनहरु वनप्लस ७ टी र वनप्लस ७ टी प्रो नाममा आउनेछन् ।

तर यो डिभाइसहरु यसअघिको डिभायसभन्दा कुनै फीचरमा फरक हुनेछ भन्ने स्पष्ट छैन् ।

कम्पनीका सिईओले सन् २०२० मा प्रिमियम फोनहरु चाहने हो भने त्यसमा ५जी टेक्नोलोजी जडान भएको हुनुपर्ने बताएका छन् । यसको लागि कम्पनीले थप लगानी गर्ने बताए ।

वनप्लसले अमेरिकी बजार सहित अन्य बजारहरुमा पनि ह्वावे, एप्पल र सामसंगका ग्राहकहरु तान्ने प्रयास गरिरहेको छ । एजेन्सी

easy care

प्रकाशित: ३० श्रावण २०७६, बिहीबार

ताजा समाचार