ग्याजेटहरुलाई ह्याक गरेर ‘खतराजन्य’ ध्वनी उत्पन्न गर्न सकिने अनुसन्धानकर्ताको चेतावनी

Technology Khabar २७ श्रावण २०७६, सोमबार

ग्याजेटहरुलाई ह्याक गरेर ‘खतराजन्य’ ध्वनी उत्पन्न गर्न सकिने अनुसन्धानकर्ताको चेतावनी

काठमाडौं ।

काठमाडौं । कयौं आधुनिक ग्याजेटहरुलाई ह्याक गरेर अनावश्यक र चर्को ध्वनी निकाल्ने बनाउन सकिने अनुसन्धानकर्ताले पत्ता लगाएका छन् ।

सुरक्षा अनुसन्धानकर्ता म्याट विसेले विभिन्न रेन्जका डिभाइसहरुलाई साइबर हतियारको रुपमा बनाउनबाट रोक्न थप सुरक्षा गरिनुपर्ने बताएका छन् ।

उनले ल्यापटपहरु, मोबाइल फोनहरु, हेडफोनहरु र पर्सनल असिस्टेन्ट सिस्टम तथा कयौं स्पीकरहरुलाई परीक्षण गरेका थिए ।
यसमा भएको कमजोरीले भौतिक असर पार्ने र व्यक्ति वा ठूला संगठनहरुलाई नै तहसनहत पार्नसक्नेछ, उनले भने ।

पीडब्लूसीका साइबर सेक्यूरिटी प्राक्टिसका अनसन्धान प्रमुखको रुपमा कार्यरत विजेले आफ्नो पीएचडी कार्यअन्तरगत गरीएका परीक्षणहरुअनुसार मालवेयरहरुले ती ग्याजेटहरुलाई ह्याक गरेर सिधै भौतिक हानी गर्न सकिन्छ ।

उनले यदि स्पीकर वा डिभाइसमा भएको भोल्यूम कन्ट्रोललाई दूरुपयोग गरेर जोखिमयुक्त ठूलो ध्वनी वा लो फ्रिक्वेन्सी साउण्ड उत्पादन गर्न सकिने भेटेका थिए ।

कस्ट मेड भाइसरहरु तथा परिचित जोखिमहरु तथा अन्य कमजोरीहरुलाई प्रयोग गर्दै डिभाइसलाई परिवर्तन गरिएको थियो र तिनीहरुलाई लामो समयावधिको लागि जोखिमयुक्त ध्वनी उत्पादन गर्न बनाईएको थियो ।

केहि आक्रमणहरु परिचित जोखिमहरु तोकिएका डिमाइसमा प्रयोग गरेर गर्न सकिन्छ, जून स्थानिय वा रिमोटमा बनाउन सकिन्छ, उनले भने ।

एउटा अनुसन्धानात्मक आक्रमणमा विजेले स्थानिय वाईफाई र ब्लूटूथ नेटवर्कहरुलाई स्क्यान गरेर स्पीकरहरुको कमजोरी पत्ता लगाएका थिए र त्यसपछि त्यसलाई नियन्त्रणमा लिईएको थियो । डिभाइमा हुने कुनैपनि प्रकारका नियन्त्रणहरुले त्यसलाई हरियारयुक्त ध्वनीको रुपमा प्रयोग गर्न सकिनेछ ।

अनुसन्धानको क्रममा गरिएका केहि परीक्षणहरुमा उत्पन्न गरिएका ध्वनहिरुले मानिसहरुको सुन्ने क्षमता नै ध्वस्त पार्न सक्ने किसिमको थियो भने केहि परीक्षणमा डिभाइसहरुलाई नै आफैं असर पार्न सक्ने देखिएको थियो ।

सो परीक्षण साउण्डप्रुफ कोठामा गरिएको र कुनै मानविय संलग्नता नभएको बताईएको छ ।

अनुसन्धानकर्ता विसेले उत्पादक कम्पनीहरुसँग सम्पर्क गर्दै त्यस्तो कमजोरीलाई सुरक्षित बनाउने प्रयास गरिरहेका छन् ।

सो अनुसन्धानको बारेमा बिस्तृत जानकारी अमेरिकाको लस भेगासमा भएको डेफ कोन ह्याकर कन्फ्रेन्समा बताईएको थियो । बीबीसीबाट

easy care

प्रकाशित: २७ श्रावण २०७६, सोमबार

ताजा समाचार