अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने- ‘हामी ह्वावेसँग व्यवसाय गर्न गईरहेका छैनौं’

Technology Khabar २५ श्रावण २०७६, शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने- ‘हामी ह्वावेसँग व्यवसाय गर्न गईरहेका छैनौं’

काठमाडौं ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ टेक कम्पनी ह्वावेसँग व्यवसायलाई निरन्तरता नदिने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चीनसँगको व्यापार अवरोधबारे कुरागर्दै ह्वावेसँग व्यवसाय गर्ने अमेरिकी टेक कम्पनीहरुलाई दिएको लाइसेन्स तत्काललाई रोकिने बताए ।

‘हामी ह्वावेसँग व्यवसाय गर्न गईरहेका छैनौं, यसको मतबल यो होईन की हामी केहि गर्दैनौं र कहिले हामी ट्रेड डिल गर्नेछौं, तर हामी ह्वावेसँग भने व्यवसाय गर्न गईरहेका छैनौं,’ अमेरिकी राष्ट्रपति ट्रम्पले रिपोर्टरहरुसँग भने ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग डिल गर्न तयार नभएको र के हुन्छ भनेर हेरिरहेको बताएका छन् । उनले करिब २५ वर्षदेखि चीनले व्यापार दूरुपयोग गरिरहेको उल्लेख गरेका थिए ।

यसअघि बुधबार ट्रम्प प्रसासनले विभिन्न ५ चिनियाँ कम्पनीहरुबाट कुनैपनि टेलिकम्यूनिकेसन्स र भिडियो सर्भिलेनस उपकरणहरु तथा सेवाहरु किन्न रोक लगाउने नियम सार्वजनिक गरेको थियो । यो सूचीमा ह्वावे, जेडटिईसहित अन्य तीन चिनियाँ कम्पनीहरुलाई प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्ध अमेरिक िकंग्रेसले गत वर्ष पारित गरेको थियो जून आउँदो सातादेखि लागू हुनेछ ।

अमेरिकी प्रशासनले चिनियाँ टेक कम्पनी ह्वावेलाई मूख्य लक्षित गरिरहेको छ, जसले चिनियाँ सरकारको लागि आफ्ना उपकरणहरुमार्फत जासूसी गरेको आरोप लगाउँदै आएको छ ।

तर ह्वावेले भने सो आरोप निराधार भएको भन्द अस्विकार गर्दै आएको छ । एजेन्सी

easy care

प्रकाशित: २५ श्रावण २०७६, शनिबार