अमेरिकाले ह्वावेलाई उत्पादन बेच्न चाहने अमेरिकी कम्पनीहरुलाई विशेष लाइसेन्स दिने

Technology Khabar २५ असार २०७६, बुधबार

अमेरिकाले ह्वावेलाई उत्पादन बेच्न चाहने अमेरिकी कम्पनीहरुलाई विशेष लाइसेन्स दिने

काठमाडौं ।

काठमाडौं । अमेरिकाले चीनको ह्वावेलाई आफ्ना उत्पादनहरु बिक्री गर्ने कम्पनीहरुलाई छुट्टै लाइसेन्स जारी गर्ने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ कमर्शले चिनियाँ टेक जायन्टसँग आफ्नो व्यापारलाई निरन्तरता दिने कम्पनीहरुलाई विशेष लाइसेन्स दिने भएको हो ।

अमेरिकाको राष्ट्रिय सुरक्षामा असर नपर्ने किसिमका लाइसेन्सहरु जारी गर्ने बारे कमर्श सेक्रेटरी विल्बर रोजले मंगलबार जानकारी दिएका हुन् ।

गएको जुन महिनामा जी२० सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरुले ह्वावेलाई आफ्ना उत्पादनहरु बिक्री गर्न सक्ने सुविधा दिने बताएका थिए । उनले बृहतरुपमा उपलब्ध हुने उत्पादनहरु जसले राष्ट्रिय सुरक्षामा असर पार्दैन त्यस्ता सामाग्रीहरु बिक्री गर्न सकिने बताएका थिए ।

तर अमेरिकाको राष्ट्रिय सुरक्षामा संवेदनशिल मानिएका उत्पादन तथा सामाग्रीहरु विशेष अनुमतिबाहेक बिक्री गर्न पाईनेछैन् ।

नयाँ नियमको बारेमा जानकारी दिँदै कमर्श सेक्रेटरी रोजले ह्वावे अझैपनि प्रतिबन्धित लीटमा रहेको सुनिश्चित गराएका थिए । नयाँ नियमअन्तरगत लाइसेन्स जारी गरिने बताए । यसका साथै नयाँ नियम अमेरिकी कम्पनीहरुको आम्दानी अन्य कम्पनीलाई जानबाट रोकिने समेत उल्लेख गरे ।

अमेरिकाले ह्वावेलाई प्रतिबन्धित सूचीमा समावेश गरेपछि सेमीकण्डटर उद्योगहरुले संवेदनशिल नभएका उत्पादन तथा सेवाहरु बिक्री गर्न सरकारसँग माग गरेका थिए । प्रतिबन्धले झनै अमेरिकी कम्पनीहरुलाई असर पर्ने जिकिर गरेका थिए ।

तर सो लाइसेन्स कसरी जारी हुन्छ भन्नेमा अझै स्पष्टता भएको बताईएको छ । एजेन्सी

easy care

प्रकाशित: २५ असार २०७६, बुधबार

ताजा समाचार