शाओमीद्वारा रेडमी नोट ७ प्रो नेपालमा सार्वजनिक, ४८ एमपी मुख्य क्यामरा

Technology Khabar २२ असार २०७६, आईतवार

शाओमीद्वारा रेडमी नोट ७ प्रो नेपालमा सार्वजनिक, ४८ एमपी मुख्य क्यामरा

काठमाडौं ।

काठमाडौं । शाओमीले रेडमी सब ब्राण्डको नयाँ स्मार्टफोन रेडमी नोट ७ प्रो नेपालमा सार्वजनिक गरेको छ । रेडमी नोट लाइनअपको डेब्यूदेखि नै यो फोनले धेरै ठूलो अपग्रेड ल्याएको छ ।

रेडमी नोट ७ प्रोमा अहिलेसम्मकै रेडमी सिरिजको सबैभन्दा शक्तिशाली औरा डिजाइनको अवधारणा रहेको छ जसले अझै धेरै कौशल, चम्किलो र प्रिमियम शैलीका लागि डिजाइनमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । यसको अघिल्लो र पछिल्लो भागमा कर्निङ गोरिला ग्लास ५ सँगै रेडमी नोट ७ प्रो स्टाईल तथा फङसन भन्दा भिन्न छ । त्यति मात्रै नभएर ६.३ इन्च, १९:५:९, २३४०x१०८० पिक्सेल एलटिपीएस प्यानल भएको डट नोच डिस्प्ले औरा डिजाइनलाई सबैभन्दा शीर्ष बनाएको कम्पनीको भनाई छ ।

रेडमी नोट ७ प्रो को पछिल्लो भागमा रहेको गोरिला ग्लास ५ ले गर्दा यस फोन सबै नयाँ रेन्जका कलरहरु भन्दा अलग छ र क्वालकम क्विईक चार्ज ४(Qualcomm® Quick Charge™ 4)लाई समर्थन गर्दछ ।

‘रेडमी नोट ७ प्रो, रेडमी नोट लाईनको एक उल्लेखनीय अनुवृद्धि हो जसले जीवनको मुल दर्शनलाई र सबैका लागि नवीनतम सृजना ल्याएको छ । रेडमी नोट ७ प्रोमा सोनीको ४८ एमपी शक्तिशाली क्यामेरा रहेको छ जसलाई क्वालकम स्न्यापड्रागन ६७५ चीपसेट प्रयोग गरिएको छ भने यसमा आश्चर्यजनक औरा डिजाइन रहेको छ,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने ।

रेडमी नोट ७ प्रो फीचर
रेडमी नोट ७ प्रो ग्रेडियन्ट डिजाइन जस्ता विशेषता रहेका छन् र यो स्पेस ब्ल्याक, नेबुला रेड तथा नेप्चुन ब्लु कलरहरुमा उपलब्ध रहेको छ । औरा डिजाइनल भएको रेडमी नोट ७ प्रो मा कलर र गोरिला ग्लास ५ मात्र नभएर सम्पूर्ण पूर्जाहरु एकसाथ मिलेर रेडमी नोट ७ प्रोलाई एक सुन्दर कार्यात्मक यन्त्र वा उपकरण बनाएका छन् ।

४८ एमपी सोनी आईएमएक्स ५८६ Sony IMX586
यस फोनसँगै शाओमीले प्रयोगकर्तालाई ४८ एमपी फोटो लिन मिल्ने स्मार्टफोन क्यामेरा, रेडमी नोट ७ प्रो प्रस्तुत गरेको छ । यस लाइनको सबैभन्दा शीर्ष सोनी आईएमएक्स५८६ Sony IMX586 सेन्सर तथा स्पेक्ट्रा २५० एल आईएसपी Spectra 250L ISP को एडभान्स सिग्नल प्रोसेसिंगले गर्दा रेडमी नोट ७ प्रो कुनै पनि ह्यान्डी क्यामेरा भन्दा बढि छ जुन पकेटमा फिट हुन्छ ।

ƒ/1.79 को चौडा एपर्चरसँगै रेडमी नोट ७ प्रो ले वास्तविक जीवनका लागि विस्तृत स्तरको विवरण सहित तस्वीरहरु उत्पादन गर्दछ । पीडिएएफ (PDAF) ले बिन्दुमा केन्द्रित गर्दै फोकसलाई पनि छिटो बनाउँछ ।

एमआईयुआई क्यामेराको परिष्कृत एलगोरिदमका साथमा, रेडमी नोट ७ प्रो प्रयोगकर्ताहरुले लाइभ पोट्रेट, लाइभ स्टुडियो पोट्रेट जस्ता थुप्रै सुविधाहरुको आनन्द लिन सक्नेछन् । पृष्ठभूमि (ब्याकग्राउन्ड) मा ब्लर इफेक्टका साथ अचूक पोट्रेट दृश्य (सट) का लागि ५ एमपी क्यामेरा सेन्सरले मुख्य ४८ एमपी सेन्सरसँग काम गर्छ ।

यसको विशेष रुपमा टियून्ड नाइट मोडले न्युन प्रकाश भएको अवस्थामा पनि राम्रो दृश्य (सट) लिन मद्दत गर्दछ ।

स्न्यापड्रागन ६७५ सँग अर्को स्तरको पर्फर्मेन्स
क्वालकम स्न्यापड्रागन ६७५ (Qualcomm® Snapdragon™ 675) मोबाइल प्लेटफर्मद्वारा संचालित विश्वकै पहिलो स्मार्टफोन, रेडमी नोट ७ प्रो कस्तो देखिन्छ वा कस्ता तस्वीरहरु खिच्छ भन्ने कुरामा मात्र सिमित छैन । यसको स्न्यापड्रागन ६७५मा भएको ८ क्रियो ४६० कोरमा दुईवटा एआरएम कोर्टेक्स ए७६ (ARM Cortex-A76) र छ वटा एआरएम कोर्टेक्स ए५५ कोर (ARM Cortex-A55)रहेको छ जसले प्रणालीमा रहेको चीप्लाई सबै प्रयोगकर्तामाझ सम्मान बनाउछ ।

४ जीबी र ६ जीबी र्यामसँगै रेडमी नोट ७ प्रो ले ठुलो स्पेक्ट्रमका प्रयोगकर्ताहरुलाई समेट्छ । प्रयोगकर्ताहरुको विस्तृत श्रेणीले गर्दा उपयोगको फरक ढाँचा आउँछ, रेडमी नोट ७ प्रो ले एद्दष् कोटेड बडीसँगै दीर्घयुको सुनिश्चित गर्दै दाग–प्रतिरोधी गुणहरु प्रदान गर्दछ ।

उपलब्धता
रेडमी नोट ७ प्रो, ४ जीबी प्लस ६४ जीबी भेरियन्टका लागि रु २४,९९९ मा र ६ जीबी प्लस १२८ जीबी भेरियन्टका लागि रु २९,९९९ मा स्पेस ब्ल्याक, नेबुला रेड र नेप्चुन ब्लू कलरमा जुन ३० तारिकबाट बाट देशभरका आधिकारिक एमआई स्टोर, पार्टनर स्टोर तथा रिटेल च्यानल र दराज डट कममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २२ असार २०७६, आईतवार