जापानले हाईटेक मटेरियल दक्षिण कोरिया निर्यातमा प्रतिबन्ध लगाउने, टेक कम्पनीहरु प्रभावित हुने

Technology Khabar १६ असार २०७६, सोमबार

जापानले हाईटेक मटेरियल दक्षिण कोरिया निर्यातमा प्रतिबन्ध लगाउने, टेक कम्पनीहरु प्रभावित हुने

काठमाडौं ।

काठमाडौं । जापानले स्मार्टफोन डिस्प्लेमा र चीप्समा प्रयोग हुने उच्च तहका हाईटेक सामाग्रीहरु दक्षिण कोरिया निर्यातमा रोक लगाउने भएको छ । जापानी सरकारले यहि जुलाई ४ तारिदेखि लागू हुने गरि नयाँ घोषणा गरेको हो ।

हालै दक्षिण कोरियामा दोस्रो विश्वयुद्धको समयमा भएको फोस्र्ड लेबरको विषयलाई लिएर असन्तुष्टि जनाउँदै सो घोषणा गरेको हो ।

जापानको यो नयाँ निर्यात प्रतिबन्धले विशेषगरि दक्षिण कोरियाली टेक कम्पनीहरु सामसंग इलेक्ट्रोनिक्स, एसके हाईनिक्स र एलजी इलेक्ट्रोनिक्सलाई असर पार्ने बताईएको छ ।

यस्तो प्रतिबन्ध फ्लोरिनेटेड पोलिमाईड सामाग्रीमा लगाईएको छ जून स्मार्टफोनको डिस्प्लेहरुमा प्रयोग गरिन्छ । त्यस्तै उच्च शुद्धता भएको हाईड्रोजन फ्लोराईड, जून सेमिकण्डक्टर बनाउँदा प्रयोग हुने इचिंग ग्यासमा उपयोग हुन्छ ।

जापानले यी दुबै सामाग्रीको उत्पादन र निर्याँतमा विश्व बजारमा क्रमशः करिब ९० प्रतिशत र ७० प्रतिशत हिस्सा ओगटेको छ । दक्षिण कोरियाली टेक कम्पनीहरु यी सामाग्रीहरुमा निकै भरपर्ने गरेका छन् र यदि यो प्रतिबन्ध लागेमा कोरियाको अर्थतन्त्रमा नै असर पुर्याउन सक्ने अनुमान गरिएको छ ।

यो विवाद चुलिनुमा गत अक्टोबरमा कोरियाको सर्वोच्च अदालतले जापानको निप्पोन स्टीललाई विश्वयुद्धको समयमा जबर्जस्ति काम गराएकोमा क्षतिपूर्ति दिनुपर्ने आदेश दिनु कारक रहेको छ । जापानले भने यो विवाद दुबै मुलुकहरुबिच सन् १९६५ मा नै सकिएको बताउँदै आएको छ ।

यदि यी दुबै उच्च तहका हाईटेक मटेरियलहरु निर्यातमा रोक लागेमा दक्षिण कोरियाली कम्पनीका साथै अन्य कम्पनीहरु एप्पल, सोनी, ह्वावे, ओपोलगायत पनि प्रभावित हुने रिपोर्टमा उल्लेख छ । एजेन्सी

easy care

प्रकाशित: १६ असार २०७६, सोमबार

ताजा समाचार