भारतीय टेलिकम कम्पनी एयरटेलले थ्रीजी सेवा बन्द गर्ने, टूजी र फोरजी सेवा मात्र संचालनमा

Technology Khabar १४ असार २०७६, शनिबार

भारतीय टेलिकम कम्पनी एयरटेलले थ्रीजी सेवा बन्द गर्ने, टूजी र फोरजी सेवा मात्र संचालनमा

काठमाडौं ।

काठमाडौं । भारतीय दूरसंचार कम्पनी भारती एयरटेलले भारतमा आफ्नो थ्रीजी सेवा बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले थ्रीजी सेवा बन्द गर्ने शुरुवात भारतको कोलकाताबाट गरेको छ ।

कम्पनी थ्रीजी सेवा बन्द गर्ने पहिलो भारतीय मोबाइल अपरेटर भएको छ । कम्पनीले मोबाइल उद्योगमा फोरजीले थ्रीजीलाई अपग्रेड गर्ने योजनाअनुसार थ्रीजी शटडाउन गर्न शुरु गरेको हो ।

भारतीय एयरटेलका चिफ टेक्निकल अफिसर रणदीप सेखोंकाअनुसार कम्पनीको योजना भारतभर सबै ३जी स्पेक्ट्रमलाई परिवर्तन गर्ने रहेको छ र त्यसको स्थानमा चरणबद्धरुपमा ४जी प्रविधि लगाउने छ ।

कोलकातामा एयरटेलले ४जीको लागि ९०० मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डको प्रयोग गर्नेछ । यसअघि यो ३जीका लागि प्रयोग हुने गर्दथ्यो ।
कम्पनीले थ्रीजी सेवाको साटो उच्चगतिको ४जी ब्रोडब्याण्ड सेवा दिनेछ । कम्पनीले ३जी बन्द गरेपछि २जी सेवा भने जारी राख्नेछ । यसो गर्नुको पछाडि फीचर फोन यूजरसँग फोजी सेवा प्रयोग गर्ने अप्शन नहुनु कारण रहेको छ ।

कम्पनीले थ्रीजी ग्राहकहरुलाई आफ्नो ह्याण्डसेट र सिम अपग्रेड गर्नको लागि नोटिफिकेसन दिएको छ र फोरजी मोबाइल फोन र सिम लिन भनेकोछ ।

कम्पनीले ९०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीमा ४जी प्रयोग गर्दा मोबाइल फोन ग्राहकहरुले ४जीको उत्कृष्ट सेवा पाउनेछन् । कम्पनीले यसबाहेक २३०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्याण्डमा पनि ४जी दिईरहेको छ ।

कम्पनीको थ्रीजी सेवा बन्द गर्दै जाने घोषणाले भने केहि ग्राहकहरुलाई असर पर्ने देखिएको रिपोर्टमा उल्लेख छ । एजेन्सी

easy care

प्रकाशित: १४ असार २०७६, शनिबार