भीभोले ल्यायो १२० वाटको चार्जिंग टेक्नोलोजी, १३ मिनेटमा नै ४००० एमएएच ब्याट्री पूरै चार्ज हुने

Technology Khabar ५ असार २०७६, बिहीबार

भीभोले ल्यायो १२० वाटको चार्जिंग टेक्नोलोजी, १३ मिनेटमा नै ४००० एमएएच ब्याट्री पूरै चार्ज हुने

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन ब्राण्डहरुबिच फास्ट चार्जिंग टेक्नोलोजी ल्याउने होडबाजी नै चलेको देखिन्छ । गत वर्ष वानप्लसले ३० वाटको फास्ट चार्जिंग ल्याएको थियो भने ह्वावेले पनि ४० वाटको चार्ज डिभाइसमा ल्याएको थियो ।

अर्को कम्पनी ओपोले पनि सूपर भोक फ्ल्याश चार्ज नाममा ५० वाटको फास्ट चार्ज ल्याएको थियो ।

अब भने यो प्रतिस्पर्धामा सबै ब्राण्डहरुलाई अर्को चिनियाँ कम्पनी भीभोले उछिन्ने भएको छ । भीभोले १२० वाटको सूपर फ्ल्याश चार्जको घोषणा गरेको छ । यो चार्जिंग टेक्नोलोजीबाट ४ हजार एमएएचको ब्याट्रीलाई केबल ५ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिनेछ त्यसैगरि १०० प्रतिशत चार्ज गर्न केबल १३ मिनेट लाग्नेछ ।

भीभोले यो टेक्नोलोजीलाई आगामी साता हुने सांघाई मोबाइल वल्र्ड कंग्रेसमा प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीले १२० वाट चार्जिंग टेक्नोलोजीको विकास गरेपनि डिभाइसका साथमा आउन भने केहि समय लाग्न सक्नेछ । किनकी अल्ट्रा फास्ट चार्जिंगले निकै ताप उत्पन्न गर्दछ र यसलाई अहिलेको स्मार्टफोनमा राख्न निकै कठिन हुन्छ ।

easy care

प्रकाशित: ५ असार २०७६, बिहीबार