ह्वावेका संस्थापक रेन झेंङफेईले भने– अमेरिकी प्रतिबन्धका बाबजुद अनुसन्धानमा निरन्तर लगानी गर्छौं

Technology Khabar ४ असार २०७६, बुधबार

ह्वावेका संस्थापक रेन झेंङफेईले भने– अमेरिकी प्रतिबन्धका बाबजुद अनुसन्धानमा निरन्तर लगानी गर्छौं
फाइल

काठमाडौं ।

काठमाडौं । ह्वावेका संस्थापक तथा सिईओ रेन झेनफेईले अमेरिकी प्रतिबन्धका बाबजुद पनि अनुसन्धान तथा विकासमा लगानी गरिरहने बताएका छन् । हालै आयोजित एक प्यानल डिस्कसनमा ह्वावेले अमेरिकी आक्रमणका बाबजुद पनि अनुसन्धान तथा विकासमा लक्ष्य अनुसारको लगानी गरिरहने बताएका हुन् ।

उनलाई सोधिएको एक प्रश्नको जवाफ दिँदै रेनले चीन ईन्जिनिरिंग आविश्कारमा ससक्त भएपनि सैद्धान्तिक अनुसन्धानमा निकै कमजोर भएको बताए । उनले पश्चिम जगतले आधारभूत सिद्धान्तहरुको प्रतिपादनमा ठूलो योगदान दिएको भन्दै त्यसमा ह्वावेले पनि लगानी गरिरहेको बताए ।

उनले कम्पनीसँग ८० हजार भन्दा बढि ईन्जिनियरहरु छन्, त्यसका बाबजुद पनि ठूला आविश्कारहरु नभएको बताए ।

‘जब आविश्कारको कुरा आउँछ हामीले निकै थोरै मात्र योगदान दिएका छौं । अब भने हामी विश्वभरका विभिन्न संस्थाहरुसँग सहकार्य गरिरहेका छौं, हामीमाथि आक्रमण भएको कारणले मात्र हामी यी क्षेत्रहरुको लगानी कटाती गर्ने छैनौं,’ रेनले भने ।

यदपी अमेरिकी सरकारले केहि विश्वविद्यालयहरुलाई ह्वावेसँग सहकार्य गर्न रोक लगाएपनि अन्य धेरै कम्पनीहरु काम गर्न ईच्छुक रहेको उनले बताए । उनले अमेरिकी राजनीतिज्ञहरुलाई ह्वावेको भ्रमण गर्न स्वागत गर्ने भन्दै उनीहरुमध्ये केहिमा अझैपनि परम्परागत चीन र चिनियाँ राजपरम्परा रहेको सोच रहेको बताए ।

त्यसैगरि एक अर्को प्रश्नमा रेनले अमेरिकामा दर्ता भएको कम्पनीको पेटेन्टलाई हतियारको रुपमा नबनाईने स्पष्ट पारे ।

‘ह्वावेसँग धेरै इन्टेलेक्चुअल प्रपर्टी राइट्स भएको हुँदा त्यसलाई निश्चितरुपमा हतियार बनाईने छैन्,’ उनले भने ।

उनले मानविय समाजको विकासलाई रोक्ने गरि कुनैपनि पेटेन्ट राइटलाई प्रयोग नगर्ने रेनले स्पष्ट पारे । उनले श्रमको माध्यमबाट इन्टेलेक्चुअल प्रपर्टी राइट्स सिर्जना हुने भन्दै त्यसको लागि क्रस लाइसेन्सिंग र म्यूचुअल पेमेन्ट एक आपसमा हुनु आवश्यक रहेको समेत बताए ।

easy care

प्रकाशित: ४ असार २०७६, बुधबार