सूपरकम्प्यूटर बनाउने कम्पनी क्रे इंकलाई एचपीईले किन्यो

Technology Khabar ६ जेष्ठ २०७६, सोमबार

सूपरकम्प्यूटर बनाउने कम्पनी क्रे इंकलाई एचपीईले किन्यो

काठमाडौं ।

काठमाडौं । विश्वका सबैभन्दा तिब्र गतिको सूपर कम्प्यूटरहरु बनाउने कम्पनीमध्येको एक क्रे इंकलाई अर्को टेक कम्पनी हेव्लेट प्याकार्ड इन्टरप्राइज एचपीईले किनेकोछ ।

क्रे इंकको सूपरकम्प्यूटहरु प्रति सेकेण्ड खर्बौंको हिसाब संष्लेषण गर्न सक्ने क्षमताका थिए जून बेलायतको मेट अफिस र जीसीएचक्यूले पनि प्रयोग गरेको थियो ।

एचपीईका प्रमुख कार्यकारी एन्टोनियो नेरीले अत्यधिक संख्याका तथ्यांकहरुलाई उत्कृष्टरुपमा प्रोसेस गर्ने काम समाजको लागि निकै चुनौतीपूर्ण रहँदै आएको बताए । उनले मेडिसिन, जलवायुपरिवर्तन, अन्तरिक्ष र अन्य क्षेत्रको बारेमा नयाँ जानकारी हासिल गर्न अधिक डाटाहरुको प्रोसेसिंग र विश्लेषण गरेर मात्र हासिल हुनसक्ने बताए ।

कम्पनीले सन् २०२१ मा डाटा सर्भिस र स्टोरेजको व्यवसायमा वृद्धि हुँदै आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढ्दै जाँदा गत वर्षको २८ बिलियन डलरबाट बढेर ३५ बिलियन डलर हुने प्रक्षेपण गरेको छ ।

सेमौर क्रेले सन् १९५० मा स्थापना गरेको यो सूपर कम्प्यूटर निर्माता कम्पनी विश्वभर पहिलो व्यवसायीकरुपमा प्रयोग गर्न मिल्ने सूपरकम्यूटर बनाउने कम्पनीको रुपमा चिनिन्छ ।

एचपीईले यो कम्पनीको प्रति शेयर ३५ अमेरिकी डलरमा १.३ बिलियन डलर खर्च गरेर किनेको हो ।

easy care

प्रकाशित: ६ जेष्ठ २०७६, सोमबार