ह्वावेले भन्यो- प्रतिबन्धले अमेरिका थप सुरक्षित नहुने, ५जी संचालनमा थप ढिलाई

Technology Khabar २ जेष्ठ २०७६, बिहीबार

ह्वावेले भन्यो- प्रतिबन्धले अमेरिका थप सुरक्षित नहुने, ५जी संचालनमा थप ढिलाई

काठमाडौं ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा ह्वावेको बारेमा उल्लेख नभएपनि त्यसले अमेरिकी कम्पनीहरुलाई ह्वावेद्धारा उत्पादित उपकरणहरु प्रयोगमा अवरोध हुने ह्वावेले जनाएको छ ।

ह्वावेले एक विज्ञप्ति जारी गर्दै कम्पनीको नाम उल्लेख नगरेपनि सो आदेशले अमेरिकी कम्पनीहरुलाई ह्वावेद्धारा उत्पादित टेलिकम उपकरणहरु प्रयोगमा अवरोध हुने उद्धेश्य रहेको उल्लेख गरेकोछ ।

कम्पनीले आफू ५जी टेक्नोलोजीमा अतुलनिय नेतृत्वदायी कम्पनी भएको दाबी गर्दै अमेरिकी सरकारसँग निरन्तर छलफलमा रहेको र उत्पादनहरुको सुरक्षाको सुनिश्चितता गर्न प्रयासरत रहेको जनाएको छ ।

अमेरिकामा ह्वावेलाई व्यवसाय गर्न प्रतिबन्ध लगाएर अमेरिका थप सुरक्षित र ससक्त नहुने भन्दै अमेरिकालाई थप महँगो विकल्पतर्फ सिमित गरिएको र अमेरिकामा ५जी संचालनमा ढिलाई हुने बताएको छ । यसले अमेरिकी कम्पनीहरु र उपभोक्ताहरुको अभिरुचीलाई पनि असर पार्ने बताईएको छ ।

यसैगरि कम्पनीले बिनाकारण प्रतिबन्ध लगाईनुले ह्वावेको अधिकारहरुसहित अन्य विषयमा गंभिर कानूनी प्रश्न उब्जिएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: २ जेष्ठ २०७६, बिहीबार

ताजा समाचार