भोडाफोनले बेलायतमा फाइभजी सेवा शुरु गर्ने, ७ वटा शहरहरुमा उपलब्ध

Technology Khabar ३१ बैशाख २०७६, मंगलवार

भोडाफोनले बेलायतमा फाइभजी सेवा शुरु गर्ने, ७ वटा शहरहरुमा उपलब्ध

काठमाडौं ।

काठमाडौं । भोडाफोनले बेलायतमा पहिलो पटक ५जी सेवा शुरु गर्ने घोषणा गरेको छ । कम्पनीले आगामी जूलाई ३ तारिखदेखि बेलायमा पहिलो पटक ५जी सेवा संचालन गर्ने भएको हो ।

पहिलो चरणमा सो सेवा ७ वटा शहरहरुमा संचालन गर्ने भएको छ र भोडाफोनले चारवटा ह्याण्डसेटहरु तथा एउटा होम राउटर आफ्नो नेटवर्कमा आगामी महिनामा संचालन गर्ने तयारी गरेको छ ।

अपरेटरले ५जी सेवाको प्लान तथा रकम यसअघिको फोरजी सेवाको जस्तै हुने बताएको छ भने नयाँ मूल्य योजना आगामी साता सार्वजनिक गर्नेछ ।

बेलायतका चार मूख्य अपरेटरहरुमध्ये भोडाफोनले मात्र फाइजी नेटवर्क संचालन गर्ने मिति सार्वजनिक गरेको छ । तर भोडाफोन मात्र ५जी सेवा संचालन गर्ने एक्लो कम्पनी भने होईन् । अर्को कम्पनी ईईले पनि ५जी सेवा संचालन गर्ने तयारी गरिरहेको छ ।

भोडाफोनले बेलायतका ब्रिमिंङघम, ब्रिस्टल, कार्डिफ, ग्लास्गो, म्यानचेस्टर, लिभरपुल र लण्डनमा उपलब्ध हुनेछ । सन् २०१९को अन्त्यसम्ममा थप १२ शहरहरुमा ५जी सेवा संचालन गर्ने योजना राखेको छ ।

बेलायतबाहेक भोडाफोनले ५जी सेवा जर्मनी, इटाली र स्पेनमा संचालन गर्ने तयारीमा छ । सो सेवाका लागि कम्पनीले साओमी एमआई मिक्स ३ फाइभजी, ह्वावे मेट २० एक्स, सामसंग ग्यालेक्सी एस १० ५जी उपलब्ध गराउनेछ भने ५जी होम राउटर जसलाई ५जी गीगाक्यूब पनि उपलब्ध हुनेछ ।

easy care

प्रकाशित: ३१ बैशाख २०७६, मंगलवार