वनप्लस सेभेन प्रो मे१४ मा लन्च हुँदै, यस्तो छ बजार मूल्य र कलर अप्सन

Technology Khabar २२ बैशाख २०७६, आईतवार

वनप्लस सेभेन प्रो मे१४ मा लन्च हुँदै, यस्तो छ बजार मूल्य र कलर अप्सन

काठमाडौं ।

काठमाडौं । वनप्लसको आफ्नो बहुप्रतिक्षित नयाँ फ्ल्यागशिप स्मार्टफोन वनप्लस सेभेन सिरिज यहि मे १४ मा लन्च हुँदैछ । कम्पनीले विश्व बजारमा सो स्मार्टफोन सार्वजनिक गर्ने मिति तय गरेसँगै सो स्मार्टफोनको बारेमा विभिन्न जानकारीहरु बाहिर आउन लागेका छन् । हालै सो प्रिमियम स्मार्टफोनको मूल्य कति पर्दछ भन्ने रिपोर्ट आएको छ ।

कम्पनीले छिमेकी मुलुक भारतसहित यूरोप र अमेरिकी बजारमा एकैपटक सो स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । जसमा दुईवटा स्मार्टफोनहरु आउने अनुमान छ ।

कम्पनीले यसअघिको वनप्लस ६टीको सक्सेसरको रुपमा वनप्लस ७ तथा नयाँ ५जी स्मार्टफोनको रुपमा वनप्लस सेभेन प्रो ल्याउने अनुमान छ ।

कम्पनीले ल्याउने सो स्मार्टफोनको डिजाइन र लूकको तस्विर यसअघि नै लीक भईसकेको छ । फोनमा पपअप सेल्फी क्यामरा हुनेछ भने ट्रिपल रियर क्यामरा सेटिंग राखिनेछ ।

सो स्मार्टफोनमध्ये वनप्लस सेभेन प्रो तीनवटा भेरिएन्टमा आउने विश्वास गरिएको छ । जसमा ६जीबी र्याम र १२८ जीबी स्टोरेज, ८ जीबी र्याम र २५६जीबी स्टोरेज तथा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज हुनेछ ।

हालै आएको लीक रिपोर्टअनुसार सो स्मार्टफोनको मूल्य क्रमशः भारु ४९,९९९, ५२,९९९ र ५७,९९९ तोकिनेछ ।

यो स्मार्टफोनको मूल्य विभिन्न देश र क्षेत्रहरु अनुसार केहि तलमाथि हुनेछ । यो मूल्यको आधारमा हेर्दा वनप्लस सेभेन प्रो स्मार्टफोन यसअघिको ६टी भन्दा निकै महंगो मूल्यमा बजारमा आउनेछ ।

वनप्लसको नयाँ फोन मिरर ग्रे, नेबुला ब्लू र अलमोण्ड कलर अप्सनमा आउने अनुमान गरिएको छ ।

easy care

प्रकाशित: २२ बैशाख २०७६, आईतवार

ताजा समाचार