फेसबुकमा ५० वर्षपछि मृत मानिसहरुको प्रोफाइल धेरै हुनेः अध्ययन रिपोर्ट

Technology Khabar १५ बैशाख २०७६, आईतवार

फेसबुकमा ५० वर्षपछि मृत मानिसहरुको प्रोफाइल धेरै हुनेः अध्ययन रिपोर्ट

काठमाडौं ।

काठमाडौं । फेसबुक अहिलेको समयको सबैभन्दा धेरै प्रयोगकर्ता भएको सामाजिक संजाल हो । फेसबुकमा हाल २.३ अर्ब मानिसहरु जोडिएका छन् ।

तर फेसबुकमा मृतक मानिसहरुको संख्या पनि तिब्ररुपमा बढिरहेको छ भन्दा तपाईँलाई आश्चार्य लाग्न सक्दछ । तर यो जानकारी एक अनुसन्धान रिपोर्टको आधारमा भनिएको हो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयको गरेको एक अध्ययन अनुसार फेसबुकमा निरन्तर मृत मानिसहरुको संख्या बढिरहेको छ । रिपोर्टअनुसार सन् २०७० सम्ममा फेसबुकमा आधा भन्दा धेरै प्रोफाइल मृतक मानिसहरुको हुनेछ । अर्थात आगामी ५० वर्षमा हालका २.३ अर्ब सक्रिय यूजर्समध्ये वर्तमान वृद्धिदरलाई हेर्दा १.४ अर्ब यूजर्सहरुको मृत्यु भईसकेको हुनेछ ।

सो रिपोर्ट बिग डाटा एण्ड सोसाइटि नामक जर्नलमा छापिएको छ जसमा १.४ अर्ब मानिसहरु सो अवधिसम्ममा मर्ने अनुमान गरिएको हो ।

अध्ययनका प्रमुख लेखक कार्ल ओहमानले भने, ‘हाम्रो डिजिटल जानकारीहरुको व्यवस्थापनले हरेक मानिसहरुलाई प्रभावित पार्नेछ र त्यसको प्रभाव पनि देखिनेछ, किनकी हामी एकदिन जानुनै पर्नेछ र हामीले हाम्रा डाटा छोड्नेछौं ।’

यो पहिलो अवसर हुनेछ जतिबेला फेसबुकमा जीवित मानिसहरुभन्दा मृत मानिसहरुको संख्या अधिक हुनेछ ।

सो अध्ययनका सह लेखक डेभिड वाटसनले भने कि भविश्यमा फेसबुकले इतिहासकारहरुलाई यस्ता मानिसहरुको प्रोफाइल हेर्ने छुट दिनुपर्नेछ जसले इतिहासको बारेमा सही जानकार भन्न सकुन् । यस्ता प्रोफाइल्सको पोस्ट इतिहासकारहरुका लागि निकै सहयोगी हुनेछ । उनले मानव व्यवहारलाई अध्ययन गर्न यो भन्दा उत्कृष्ट अर्काइभ कहिले पनि नहुने बताए ।

अध्ययनलाई दुई किसिमले हेरिएको थियो जसमा सन् २०१८ माकुनैपनि नयाँ यूजर्सले फेसबुकमा जोडिएनन भने के हुनेछ भन्ने थियो । यदि सोहि प्रवृत्ति निरन्तर रहेमा यो शताब्दिको अन्त्यसम्ममा एशियाका ४४ प्रतिशत मृतक मानिसहरुको फेसबुक एकाउन्ट हुनेछ ।

त्यसैगरि अर्को आधारमा यदि प्रति वर्ष १३ प्रतिशत युुजर्सहरु निरन्तर वृद्धि भईरहेका के हुनेछ भन्ने थियो । यदि यो प्रवृत्ति निरन्तर भएमा अफ्रिकाका मृत मानिसहरुको संख्या फेसबुकमा सबैभन्दा धेरै हुनेछ ।

easy care

प्रकाशित: १५ बैशाख २०७६, आईतवार

ताजा समाचार