सर्वोच्चको आदेश- पबजी गेम माथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर

Technology Khabar ६ बैशाख २०७६, शुक्रबार

सर्वोच्चको आदेश- पबजी गेम माथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर

काठमाडौं ।

काठमाडौं । सर्वोच्च अदालतले अनलाइन गेम पबजी माथि सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले शुक्रबार सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रतालगायतका संविधानप्रदत्त मौलिकहकको दृष्टीले हेर्दा पबजी जस्ता सामाग्रीमा रोक लगाउने कानून उचित र तर्क संगत हुनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ।

अधिवक्ता प्रवीण सुवेदीलगायतको समूहले पबजी माथिको प्रतिबन्ध गैरकानुनी भन्दै सर्वोच्चमा मंगलबार रिट दिएका थिए।

यसअघि गत चैत २८ मा नेपाल दूरसञ्चार प्राधिकरणले पबजी खेलमा प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको थियो।

बालबालिका तथा युवापुस्तामा नकारात्मक असर पारेको तथा विकृती फैलाएको भन्दै काठमाडौं जिल्ला अदालतले नेपाल प्रहरीलाई सो अनलाईन गेम बन्द गर्न आदेश दिएको थियो । सोहि आदेशको पत्रअनुसार प्राधिकरणले सेवा प्रदायकहरुलाई सो अनलाइन गेमसम्मलाई प्रतिबन्ध लगाउँदै निर्देशन दिएको थियो।

easy care

प्रकाशित: ६ बैशाख २०७६, शुक्रबार