सामसङको ‘हर्षमय नयाँवर्ष २०७६’ योजना, ३२ प्रतिशतसम्मको छुट र उपहार

Technology Khabar १९ चैत्र २०७५, मंगलवार

सामसङको ‘हर्षमय नयाँवर्ष २०७६’ योजना, ३२ प्रतिशतसम्मको छुट र उपहार

काठमाडौं ।

काठमाडौं । सामसङ कन्जुमर इलेक्ट्रोनिक्स, नेपालद्वारा नयाँ वर्ष २०७६ को उपलक्षमा “हर्षमय नयाँवर्ष २०७६” अफर प्रस्तुत गरेको छ । यस अफर अन्तर्गत सामसङले नयाँ वर्षको सुखद अवसरमा सामसङका सामानहरुको खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

सामसङको “हर्षमय नयाँवर्ष २०७६” को अफर अन्तर्गत ग्राहकहरुले सामसङ टिभीको खरिदमा ३२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन भने रेफ्रिजेरेटरको खरिदमा १३ प्रतिशतसम्मको छुट र सामसङको वासिङ्ग मेसिनहरुको खरिदमा १८ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

साथै नयाँ वर्षको उपलक्षमा प्रस्तुत गरिएको यस अफर अन्तर्गत सामसङ कन्जुमर इलेक्ट्रोनिक्स सामानहरुको खरिद गर्नुहुने ग्राहकहरुलाई लक्की ड्रमा समावेश गरी उपहार प्रदान गरिने छ ।

प्रथम हुनुहुने भाग्यशाली विजेताले सामसङको ५५ इन्चको कर्भ टिभी, द्वितीय हुनुहुनेले ४९ इन्चको कर्भ टिभी, तृतीय हुनुहुने भाग्यशाली विजेताले सामसङको ५ इन १ कन्भर्टेवल रेफ्रिजेरेटर, चौथो हुनुहुनेले ८ केजीको फ्रन्टलोड वासिङ्ग मेसिन तथा पाँचौं हुनुहुने भाग्यशली विजेतालाई २८ लिटरको हट व्लास्ट युक्त सामसङको माइक्रोवेभ ओभन प्रदान गरिने बताईएको छ ।

सामसङका आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि तथा त्रिवेणी व्यापार कम्पनी लिद्वारा यस नयाँ वर्षको अफर प्रदान गरिएको हो । यो अफर यही चैत १९ गतेदेखि लागू भई बैशाख ३१ सम्म रहने जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: १९ चैत्र २०७५, मंगलवार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार