लगातार ४५ दिन पबजी खेल्दा एक भारतीयको मृत्यु, अब ६ घण्टाको लिमिट

Technology Khabar १० चैत्र २०७५, आईतवार

लगातार ४५ दिन पबजी खेल्दा एक भारतीयको मृत्यु, अब ६ घण्टाको लिमिट

काठमाडौं ।

काठमाडौं । लोकप्रिय अनलाइन भिडियो गेम पबजी खेलेर समस्यामा परेको विभिन्न रिपोर्टहरु आईरहेका छन् । हालै पबजी खेलेर एक जना प्लेयरको मृत्यु भएको समाचार सार्वजनिक भएको छ ।

छिमेकी मुलुक भारतमा पबजी निकै लोकप्रिय अनलाइन गेम हो । जहाँ यो अनलाइन गेम खेल्नेहरुको संख्या पनि अत्यधिक रहेको छ ।

तर हालै पबजी लगातार ४५ दिन खेलेका एक युवकको मृत्यु भएको छ । भारतको तेलंगाना राज्यका जगतेल जिल्लाका २० वर्षे युवक सागरको लगातार पबजी खेल्दा मृत्यु भएको हो ।

रिपोर्टअनुसार उनी ४५ दिनदेखि लगातार पबजी मोबाइल गेम खेलिरहेका थिए जसका कारण उनको घाँटीको पछाडिको भागमा निकै दुख्न थालेको थियो । दुखाई असहनीय भएपनि उनी हैदराबादको अस्पतालमा भर्ती भएका थिए, जहाँ उपचारको क्रममा मृत्यु भएको थियो ।

उनको उपचार गरिरहेका डाक्टरहरुले लगातार गेम खेलिरहेकाको कारण उनको घाँटीको नसा निकै नराम्रोसँग क्षतिग्रस्त भएको थियो ।

मोबाइलमा लगातार गेम खेलेर सागरको मृत्यु भएपछि उनका साथीहरुले पबजी खेल्ने मानिसहरुलाई सचेत गराईरहेका छन् ।

पबजीमा लगातार युवाहरुको लत भएपछि भारतका विभिन्न राज्यहरुमा पबजी मोबाइल गेम खेल्न प्रतिबन्ध लगाईएको छ ।

यहि बिचमा यो गेमको अत्यधिक लत लागेको भन्दै कम्पनीले भारतमा नयाँ फीचर परिक्षण गरिरहेको छ । पबजीले भारतमा ६ घण्टा मात्र खेल्न सकिने लिमिट शुरु गरेको छ ।

सो नयाँ फीचरअनुसार अब भारतमा प्लेयरहरुले दैनिक ६ घण्टाभन्दा बढि पबजी खेल्न पाउने छैनन् । प्लेयर्सलाई पबजी खेलेको ४ घण्टापछि हेल्थ नोटिफिकेसन दिनेछ भने त्यसको २ घण्टापछि प्लेयरको गेम अटोमेटिकली लग आउट हुनेछ । ६ घण्टाको समयाबधिपछि प्लेयरले पबजी अर्को२४ घण्टापछि मात्र खेल्न पाउनेछन् ।

easy care

प्रकाशित: १० चैत्र २०७५, आईतवार

ताजा समाचार