टेलिकम कम्पनी आरकमले एरिक्सनलाई तिर्यो ७.७ करोड डलर, दाजुले बचाए भाईलाई

Technology Khabar ५ चैत्र २०७५, मंगलवार

टेलिकम कम्पनी आरकमले एरिक्सनलाई तिर्यो ७.७ करोड डलर, दाजुले बचाए भाईलाई

काठमाडौं ।

काठमाडौं । एशियाका धनाढय अर्बपति मुकेश अंबानीले आफ्नो भाइ अनिल अंबानीलाई जेल जानबाट बचाएका छन् । रिलायंस कम्युनिकेशन्स (आरकम)का अध्यक्ष अनिल अम्बानीले निर्धारित समय भित्र एरिक्सनलाई ७.७ करोड डलर तिर्नुपर्ने थियो सो रकम नतिरेको खण्डमा अनिल जेल जान पर्ने थियो ।

पहिले, अनिल अंबानी अदालतको आदेश पछिपनि बाँकी पैसा तिर्न असक्षम थिए र यो समयमा उनलाई अदालतको मानाहानीमा जेल जाने खतरा रहेको थियो । तथापि हाल दाजु मुकेश अंबानीले उनलाई बचाए ।

अनिल अंबानीले आफ्नो दाई मुकेश र भाउजु नीता अंबानीलाई सहयोगको लागि धन्यवाद दिए। यस कथनमा, ‘मैले कठिन समयमै मेरो परिवारबाट मदत पाएको छु । यसले हाम्रो परिवारको बलियो मानकहरू देखाउँछ। मलाई जतिबेला सबैभन्दा बढी सहयोग चाहिएको थियो त्यसबेला मेरो परिवार मसँग उपस्थित भयो।’

एक समय थियो जब दुई भाइहरूबीचको सम्बन्ध राम्रो थिएन र दुबैमा प्रतिद्धन्द्धिता थियो। अनिल अंबानीले लेखे, ‘म र मेरो परिवारले अतीत छोडेकोमा आभारी छौं । म यस सहयोगको लागि कृतज्ञता व्यक्त गर्दछु। ‘

पछिल्लो महिना सुप्रीम कोर्टले एरिक्सनको बक्यौता ७.७ करोड डलर चुक्ता गर्न लगातार भईरहेको ढिलाईका कारण अनिललाई कोर्टको मानाहानीको दोषी पाएको थियो ।

अनिलले गत वर्ष व्यक्तिगतरुपमा वर्षको अन्त्यसम्म एरिक्सनको ऋण चुक्ता गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । गएको सोमबार स्वीडिस टेलिकम ग्रुप एरिक्सनले रिलायन्स कम्युनिकेसन्सबाट ६.७ मिलियन डलर रकम पाएको बताएको छ ।

सुप्रीम कोर्टले यदि चार साताभित्र एरिक्सको रकम नतिरेमा अनिल अम्बानी र उनका दुई सहयोगीहरु सतीश सेठ र छाया विरानीले तीन महिनाको जेल जानुपर्ने आदेश दिएको थियो । चार साताको समयावधी बुधबार सकिने थियो ।

भारतको कर्पोरेट इतिहासमा अनिल अम्बानीको पतन नाटकिय घट्ना मानिएको छ । २००८ मा अनिलले रिलायन्स कम्युनिकेसन्सका साथ विश्वको सबैभन्दा ८ औं धनी व्यक्ति थिए ।

रिलायन्स कम्युनिकेसन्स एशियाको उत्कृष्ट टेलिकम कम्पनी मानिन्थ्यो ।

तर पछि रिलायन्स कम्युनिकेसन्सलाई बजारमा उनकै दाई मुकेश अम्बानीको कम्पनी जियोबाट कडा प्रतिस्पर्धा बेहोर्नुपर्यो । एक साल भित्रै अनिललाई सात अर्ब डलरको ऋण लागेको थियो । जसले गर्दा उनका शेयर बजारमा सूचिकृत कम्पनीहरुमा पनि गिरावट आउन थालेको थियो ।

स्रोत

easy care

प्रकाशित: ५ चैत्र २०७५, मंगलवार

ताजा समाचार