यस्तो डिजाइनमा आउँदैछ नयाँ आइफोन, ट्रिपल रियर क्यामरा सेटअप

Technology Khabar ३ चैत्र २०७५, आईतवार

यस्तो डिजाइनमा आउँदैछ नयाँ आइफोन, ट्रिपल रियर क्यामरा सेटअप

काठमाडौं ।

काठमाडौं । एप्पलको नयाँ आइफोन कस्तो डिजाइनमा आउँछ भन्ने चर्चा शुरु भईसकेको छ । हालै आएको नयाँ रिपोर्टअनुसार एप्पलको आइफोनमा तीनवटा डिजाइनको क्यामरा हुनेछ । आइफोन ११ भनिने नयाँ आइफोनमा तीनवटा रियर क्यामरा राखिनेछ ।

यो आइफोनको रियर क्यामरा डिजाइन हेर्दा चारकुने हुनेछ । जसमा तीनवटा क्यामरा सेट हुने छ ।

यस्तो डिजाइन यसअघि मेट २० प्रोमा यस्तो डिजाइन राखिएको छ । यो डिजाइन आइफोनको दुबै प्रिमियम मोडलमा हुनेछ ।

त्यसैगरि सस्तो मोडलको आइफोन एक्सआरको सक्सेसर मोडलमा भने ड्यूल रियर क्यामरा सेटअप हुने बताईएको छ ।

easy care

प्रकाशित: ३ चैत्र २०७५, आईतवार