चिनिया प्रधानमन्त्रीले भने- प्रविधि कम्पनीहरु मार्फत जासुसी गरिएको छैन्

Technology Khabar १ चैत्र २०७५, शुक्रबार

चिनिया प्रधानमन्त्रीले भने- प्रविधि कम्पनीहरु मार्फत जासुसी गरिएको छैन्

काठमाडौं ।

बेइजिङ । चीनका प्रधानमन्त्री ली खछ्याङले आफ्नो मुलुकका प्रविधि कम्पनीहरुलाई विदेशमा जासुसी गर्न प्रयोग नगरिएको बताएका छन् । उनले विदेशी र देशभित्रका प्रतिस्पर्धी कम्पनीहरुलाई समान रुपमा व्यवहार गर्ने पनि प्रतिबद्धता व्यक्त गरे।

वासिङ्टन र युरोपसँग प्रविधि, बजारको पहुँच तथा अरु विवादित विषयमा जारी तनाव कम गर्न चीनले उच्च नेतृत्वबाटै प्रयास गरिरहेको छ ।

‘चीनले कसैप्रति भेदभाव राख्दैन । हामी त्यस्तो काम गर्दैनौं र भविष्यमा पनि गर्ने छैनौं,’ बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री खछ्याङले भने ।

पश्चिमा मुलुकको सुरक्षा चासोलाई सम्बोधन गर्न उच्चस्तरीय प्रयासकै कडीका रुपमा प्रधानमन्त्री खछ्याङको यस्तो भनाई आएको हो।

संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया र अरु केही मुलुकले ह्वावे समेतका चिनिया फर्मका प्रविधि आफ्नो देशमा प्रयोगमा निषेध गरेका छन् । यी कदमले ह्वावेको बजार विस्तारमा ठूलो दबाब सिर्जना भएको छ । ह्वावेले पछिल्लो समय पाँचौं पुस्ताको दूरसंचार प्रविधि सार्वजनिक गर्न अर्बौं डलर लगानी पनि गरिसकेको छ ।

ह्वावेले पनि चीन सरकारका निम्ति जासुसी गरेको भन्ने पश्चिमा मुलुकको आरोपको पटकपटक खण्डन गरिसकेको छ । ह्वावेका संस्थापकले पनि विदेशी ग्राहकका गोपनीय कुराहरु चीन सरकारलाई उपलब्ध नगराइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

easy care

प्रकाशित: १ चैत्र २०७५, शुक्रबार