अब दृष्टिबिहिनले फोटोको बारेमा जानकारी पाउने, माइक्रोसफ्टको ‘सिईंङ एआई’ एप

Technology Khabar २९ फाल्गुन २०७५, बुधबार

अब दृष्टिबिहिनले फोटोको बारेमा जानकारी पाउने, माइक्रोसफ्टको ‘सिईंङ एआई’ एप

काठमाडौं ।

काठमाडौं । माइक्रोसफ्टको विशेष एपको माध्यमबाट अब दृष्टिबिहिन तथा कमजोर दृष्टि भएकाहरुले पनि फोटोको बारेमा जानकारी दिन सक्ने भएका छन् । उनीहरुले भिजुअल डाटालाई अडियो डाटाको रुपमा सुन्न सक्ने भएका हुन् ।

माइक्रोसफ्टले हालै ल्याएको सिईंङ एआई (Seeing AI) एउटा विशेष एप हो जसले दृष्टिबिहिन तथा सिमित दृष्टि मात्र भएका व्यक्तिहरुलाई भिजुअल डाटालाई अडियो फिडब्याण्डकको रुपमा परिवर्तन गरिदिन्छ ।
यसको लागि प्रयोगकर्ताहरुले फोटोहरुमा हातले छुनुपर्नेछ ।

यसलाई मसिन लर्निंगद्धारा तयार पारिएको छ जसले विशेष अब्जेक्ट तथा दृश्यहरुलाई पहिचान गर्न सक्दछ । तपाईँले यसको अनुभव लिन फोटो खिच्नुपर्दछ र वा फोटो खोल्नुपर्दछ र फोटोमा जहाँ पनि औंलाले ट्याप गर्नुपर्दछ ।

यो नयाँ फिचरले प्रयोगकर्ताहरुलाई उनीहरुको औंला टच स्क्रीनमा भएको तस्विरमा ट्याप गर्न अनुमति दिन्छ,जसले गर्दा उनीहरुले तस्विरभित्र भएको अब्जेक्टको बारेमा तथा उनीहरुबिचको विभिन्न सम्बन्धको बारेमा सुन्न सकिनेछ, माइक्रोसफ्टका एआई लीड सकिब शेखले ब्लग पोष्टमा भने,’

‘यो एपले अझ मानिसहरुको भौतिक अवस्था र उनीहरुको मुडको बारेमा पनि अनुमान लगाउन सक्नेछ ।

यसलाई यसअघि नै आएको फेसियल रिकोग्निसन फीचरले थप सहयोग गरेको छ जसमा आफ्नो साथीभाईको तस्विर लिँदा त्यसको बारेमा जानकारी पनि दिन्छ ।

तर यो एपले पृष्ठभूमीमा भएको तस्विरहरुको बारेमा जानकारी दिन्छ वा दिँदैन भन्ने बारेमा भने उल्लेख छैन् ।

हाल यो एप एप्पलको आइप्याडमा मात्र उपलब्ध रहेको छ । सन् २०१७ मा लन्च गरिएको यो एपमा हाल थप फीचरहरु राखेर ल्याईएको हो । तपाईँपनि यो एप आइप्याडका लागि प्रयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुस् ।

माध्यम स्रोत

easy care

प्रकाशित: २९ फाल्गुन २०७५, बुधबार

ताजा समाचार