चीनको तिब्बतमा फाइजी प्रविधि शुरु, ५३० एमबीपिएसको डाउनलोड स्पीड

Technology Khabar २१ फाल्गुन २०७५, मंगलवार

चीनको तिब्बतमा फाइजी प्रविधि शुरु, ५३० एमबीपिएसको डाउनलोड स्पीड

काठमाडौं ।

काठमाडौं । पछिल्लो दिनहरुमा निकै विवादमा आएको ह्वावेले फाइजी प्रविधि आफ्नै देशको दूर्गम क्षेत्रमा शुरु गरेको छ । अमेरिका, क्यानाडा लगायत यूरोपेली मुलुकहरुको विरोध झेल्दै आएको ह्वावेले चीनको तिब्बत स्वायत्त प्रदेशमा फाइभजी प्रविधि शुरु गरेको छ ।

चाइना मोबाइलको तिब्बत ब्रान्चले ह्वावेको प्रविधि र उपकरणहरुको साथमा फाइभजी प्रविधि शुरु गरेको हो ।

चाइना मोबाइलले गत शुक्रबार ५जी बेस स्टेशन जडान गरिएको र त्यसले अधिकतम डाउनलोड स्पिड ५३० मेगाबाईटस प्रति सेकेण्ड प्रदान गरेको घोषणा गरेको छ । चाइना मोबाइलको तिब्बत ब्रान्चकाअनुसार १जीबी फाइल केबल दुई सेकेण्डमा डाउनलोड गर्न सकिने स्तरको गति परिक्षणमा प्राप्त भएको छ ।

चाइना मोबाइलले आफ्नो भवन, लास्सा पोस्टस एण्ड टेलिकम्यूनिकेसन स्कूल र लास्सा रहेको तिब्बत पोस्ट ग्रुपको कार्यालयहरुमा ५जी बेस स्टेशनहरु राखेको रिपोर्टमा उल्लेख छ । दुई बेस स्टेशनहरु भने परिक्षणको क्रममा रहेको र शुरु नभएको बताईएको छ ।

रिपोर्टअनुसार तिब्बतको क्विंगाईका दूर्गम क्षेत्रहरुमा फाइभजी नेटवर्क निर्माणमा चीसो मौसम तथा उच्च भेगका कारण चुनौती भएको उल्लेख छ ।

कम्पनीले तिब्बतको दूर्गम भेगका मानिसहरुलाई पनि आधुनिक इन्फर्मेशन एण्ड कम्यूनिकेसन सर्भिस दिनका लागि तिब्र गतिमा काम गर्ने उल्लेख गरेको छ ।

तिब्बतमा इन्टरनेटको प्रयोग तिब्रगतिमा भईरहेको छ । सन २०१८ सम्म मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताहरु २.७६ मिलियन घरधुरी रहेको र ८३.३५ प्रतिशत मोबाइल ब्रोडब्याण्ड पहुँच रहेको तिब्बतको संचार प्रशासनको तथ्यांकमा उल्लेख छ ।

फाइभजी नेक्स्ट जेनेरेशनको टेक्नोलोजी हो, जून फोरजी एलटिईको तुलनामा १०देखि १०० गुणासम्म तिब्र गतिको डाउनलोड स्पीड दिन्छ ।

यसअघि अमेरिकासहितका देशहरुले चीन सरकारसँग कम्पनीको सम्बन्धका कारण सुरक्षा जोखिम बढ्ने भन्दै ह्वावेको फाइभजी प्रविधि प्रयोग नगर्न दबाब दिँदै आएका छन् । तर कम्पनीले भने चीन सरकारसँग कुनै सम्बन्ध नभएको दाबी गर्दै आएको छ ।

माध्यम

easy care

प्रकाशित: २१ फाल्गुन २०७५, मंगलवार

ताजा समाचार