सामसंगको फोल्ड गर्न मिल्ने स्मार्टफोन सार्वजनिक, मूल्य २ लाख रुपैयाँ माथि

Technology Khabar ९ फाल्गुन २०७५, बिहीबार

सामसंगको फोल्ड गर्न मिल्ने स्मार्टफोन सार्वजनिक, मूल्य २ लाख रुपैयाँ माथि

काठमाडौं ।

काठमाडौं । दक्षिण कोरियाली टेक कम्पनी सामसंगले फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै पहिलो पटक सामसंगले फोल्ड गर्न मिल्ने मोबाइल सार्वजनिक गरेको हो। यस फोन पाँचौं पुस्ता (फाइभ-जी) को तारविहीन टेलिफोन नेटवर्कमा समेत काम गर्नेछ ।

सामान्य स्मार्टफोन र ट्याबलेट दुबै स्वरुपमा विकास गरिएको नयाँ स्मार्टफोनमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) र अरु विशेषता थप गरिएको छ ।

अमेरिकाको सानफ्रान्सिस्कोमा सार्वजनिक गरिएको यो फोल्डेबल फोनको नाम ‘ग्यालेक्सी फोल्ड’ राखिएको छ । एउटै डिभाइसमा ४.६ इन्चको स्मार्टफोन र ७.३ इन्चको ट्याबलेट रहेको छ । अर्थात यो फोन पुरै खोल्दा ट्याबलेटको रुपमा प्रयोग गर्न सकिन्छ भने त्यसलाई फोल्ड गर्दा स्मार्टफोनको रुपमा प्रयोग गर्न सकिन्छ ।

यो स्मार्टफोन अप्रिल २६ तारिखबाट मात्रै बजारमा आउनेछ । यसको मूल्य अमेरिकी बजारमा १ हजार ९ सय ८० अमेरिकी डलर रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका जस्टिन डेनिसनले नयाँ फोल्ड गर्न मिल्ने स्मार्टफोनमा तीनवटा एप्स एकैसाथ चलाउन मिल्ने जानकारी दिए । ‘तपाईंले एकै समय युट्युबमा भिडियो हेर्न, यसका बारेमा साथीसँग अन्तक्रिया गर्न तथा यात्राका लागि नयाँ गन्तव्यको खोजी गर्न सक्नुहुन्छ ,’ उनले भने ।

सो स्मार्टफोनको मेन डिस्प्ले क्वाड डाइनामिक एमालेड रहेको छ भने कभर डिस्प्ले एचडी प्लस सूपर एमोलेड रहेको छ ।

फोटोग्राफीका लागि यो फोनमा ट्रिपल रियर क्यामरा रहेको छ जसमा १६ मेगापिक्सेल प्लस, १२ मेगापिक्सेल प्लस र १२ मेगापिक्सेलको लेन्स छ । फोनमा कभर क्यामरा छुट्टै राखिएको छ,जसमा १० मेगापिक्सेलको सेल्फी क्यामरा छ भने फ्रन्ट फेसमा पनि ड्यूल क्यामरा राखिएको छ, जसमा १० प्लस ८ मेगापिक्सेल क्यामरा राखिएको छ ।

फोनमा १२ जीबीको र्याम राखिएको छ भने ५१२ जीबीको स्टोरेज राखिएको छ । यसमा माइक्रोएसडी कार्ड प्रयोगको कुनैपनि अप्सन छैन् ।

फोनमा पावरको लागि ४,३८० एमएएचको ब्याट्री प्याक छ भने फास्ट चार्जिग प्रविधि र वायरलेस चार्जिंगको सुविधा छ । ग्यालेक्सी फोल्ड एन्ड्रोयड पाइ ९.० अपरेटिंग सिस्टममा संचालन हुन्छ ।

easy care

प्रकाशित: ९ फाल्गुन २०७५, बिहीबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार