चट्याङले बैतडीमा फोन र इन्टरनेट सेवा अवरुद्ध

Technology Khabar २७ माघ २०७५, आईतवार

चट्याङले बैतडीमा फोन र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं ।

बैतडी । चट्याङले जिल्लामा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । बुधबार हावाहुरीसँगै परेको वर्षा, असिना र हिमपातले यहाँको फोन र इन्टरनेट सेवा अवरुद्ध गराएको थियो ।

फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका नागरीक सञ्चार सुविधाबाट वच्चित भएका छन् । नमस्ते फोनको नेटवर्क कुनै कुनै बेला आए पनि राम्रोसँग काम नगर्ने गरेको सेवाग्राहीको भनाइ थियो । यस्तै सिगास गाउँपालिका–९ चौखामलगायत टोलमा एक हप्तादेखि नमस्ते फोनको नेटवर्क नभएको त्यहाँका बासिन्दाले बताए ।

यस्तै मेलौली नगरपालिकामा पनि नमस्ते फोनको नेटर्वक नभएको भीमप्रसाद न्यौपानेले जानकारी दिए।

दशरथचन्द नगरपालिकाको कटपतेमा रहेको टेलिकमको टावरमा चट्याङ परेकाले फोन र इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडी शाखाका प्रमुख सुरत खड्काले बताए । अवरुद्ध फोन र इन्टरनेट सेवा आज अपरान्हसम्म सञ्चालनमा ल्याइने उनको भनाइ थियो ।

सिगास मेलौली लगायत ठाउँमा भने हिमपातका कारण फोनसेवा अवरुद्ध भएको बताइएको छ ।

easy care

प्रकाशित: २७ माघ २०७५, आईतवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार