संचारमन्त्रि बाँस्कोटाले भने- फोरजीले सबै क्षेत्रमा सकारात्मक प्रभाव

Technology Khabar २४ माघ २०७५, बिहीबार

संचारमन्त्रि बाँस्कोटाले भने- फोरजीले सबै क्षेत्रमा सकारात्मक प्रभाव
फाइल

काठमाडौं ।

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटाले आफूलाई नेपाल टेलिकमको फोरजी परियोजनाको विषयमा कुनै किसिमको धम्की नआएको स्पष्ट पारेका छन् ।

मन्त्रि बाँस्कोटाले बिहिबारको नियमित पत्रकार सम्मेलनमा आफूलाई धम्की नआएको तर कतिपय स्वार्थ समूह र मानिसहरुले बेलुका फोन गरेर सम्झौता होला सहि नगर भनेर भन्ने गरेको बताए।

‘फोरजी परियोजनामा मलाई धम्की आएको होईन्, मलाई धम्की कसरी आउन सक्छ ?,’ उनले भने ।

फोरजी परियोजना गेम चेन्जर भएको भन्दै त्यसको बारेमा प्रश्न उठाउन सकिने उनले भने । प्रश्नहरु उठाउँदैमा तर्सन नपर्ने र यो जायज भएको उनले बताए ।

मन्त्रि बाँस्कोटाले भने, ‘आर्थिक प्रबन्ध, प्रकृयागत, टेक्नोलोजीलगायतका विषयमा प्रश्न उठाउन सकिन्छ, तर कतिपय स्वार्थ समूहहरुले सही नगर भनेर भन्नु राम्रो होईन्।’

फोरजी परियोजनाले आर्थिक क्षेत्र, सेवा, गुणस्तर, राजस्व रोजगारी र सुरक्षाको क्षेत्रमा यसले ठूलो प्रभाव पार्ने उनले दाबी गरे ।

उनले १ वर्षभित्रै यो परियोजना सक्ने गरि सम्झौता भएको पुनः दोहोर्याए ।

easy care

प्रकाशित: २४ माघ २०७५, बिहीबार