एनसेलले ल्यायो गज्जबको डेटा प्याक, ७५ एमबीदेखि ३ जिबी सम्मको प्याक उपलब्ध

Technology Khabar २१ माघ २०७५, सोमबार

एनसेलले ल्यायो गज्जबको डेटा प्याक, ७५ एमबीदेखि ३ जिबी सम्मको प्याक उपलब्ध

काठमाडौं ।

काठमाडौं । एनसेलका ग्राहकहरुले अब सुलभ दरका नयाँ अल टाइम प्याकहरु मार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्नेछन् ।

एनसेल प्राईभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक आकर्षक नयाँ डाटा प्याक ल्याएको छ, जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार ७५ एमबी देखि ३ जिबी सम्मको विभिन्न प्याकहरु सुचारु गर्न सक्नेछन्।

गज्जबको डाटा प्याक सोमबार (माघ २१) गतेदेखि लागु हुनेछ । यस प्याक अन्तर्गत ग्राहकले एक दिनको समयसिमा रहेको ७५ एमबी डाटा प्याक मात्र १५ (१९.१५ कर सहित) मा सुचारु गर्न सक्नेछन् । तीन दिनको समयसिमा रहेको २ सय एमबी डाटा प्याक ३५ (४४.६९ कर सहित) मा सुचारु गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

त्यसैगरी ग्राहकले ५ सय एमबी डाटा प्याक ७५ (९५.७७ कर सहित) मा खरिद गर्न सक्नेछन् । यो प्याकको समयसिमा सात दिनको हुनेछ । धेरै डाटा भोलुम प्रयोग गर्ने ग्राहकले एक महिनाको समयसिमा रहेको तीन जिबी डाटा याक मात्र ३ सय ५५ (४ सय ५३.३०) मा लिन सक्ने बताईएको छ ।

कम्पनीकाअनुसार ग्राहकले एस्ट्रिक्स्१७१२३ह्यास (*17123#) डायल गरी प्राप्त निर्देशन अनुसार गज्जबको प्याकहरु सुचारु गर्न सक्नेछन् । त्यसैगरी एनसेल एपबाट पनि यी डाटा प्याकहरु खरिद गर्न सकिनेछ ।

यो अफर सुचारु भएको दिन देखि ९० दिनका लागि मान्य रहने जारी विज्ञप्तिमा उल्लेख छ।

easy care

प्रकाशित: २१ माघ २०७५, सोमबार