रिलायन्सले बिक्री गर्ने जियो फोन पड्किँदा भारतमा एक प्रयोगकर्ताको मृत्यु

Technology Khabar १८ पुष २०७५, बुधबार

रिलायन्सले बिक्री गर्ने जियो फोन पड्किँदा भारतमा एक प्रयोगकर्ताको मृत्यु

काठमाडौं ।

काठमाडौं । पछिल्लो दिनहरुमा मोबाइल फोन पड्किने समाचार सामान्य झैँ लाग्न थालिसकेको छ । हरेक महिनाजसो मोबाइल फोन पड्किएको रिपोर्टहरु आई नै रहेका छन् । मोबाइल फोन पड्किएर मानिसहहरु घाईते भएको घट्ना पनि नयाँ होईन् ।

मोबाइल फोन पड्किएर घाईते हुनु सामान्य भएपनि मानिसको मृत्यु नै हुने घट्ना भने सामान्य हुन सक्दैन् । हालै भारतमा फेरी यस्तै घट्ना भएको छ जहाँ मोबाइल फोन पड्किएर मानिसको ज्यान गएको छ ।

भारतको चित्तगाउँमा रहेको नेताभालग्रह पचलि नामक गाउँमा एक ६० वर्षिय मानिसको मृत्यु भएको छ । किसोर सिंह नामक ति मानिसको निकै सस्तो मानिएको जियो फोन पड्किँदा मृत्यु भएको समाचार रिपोर्टमा उल्लेख छ ।

उनकी श्रीमतीकोअनुसार किसोर सिंहले राती सुत्ने बेलामा आफ्नो पकेटमा भएको फोन झिक्न बिर्सिएका थिए । तर राती करिब साढे २ बजेतिर उनकी श्रीमति काम गरिरहेको बेलामा अचानक ठूलो आवाज आयो र उनी श्रीमानसम्म पुग्दा उनलाई आगोले भेटिसकेको थियो । आगोले जलेको अवस्थामा उनलाई अस्पताल लगिएको थियो तर डाक्टरहरुले मृत घोषणा गरे ।

भारतीय मोबाइल नेटवर्क अपरेटर रिलायन्स जियोले फ्रि मोबाइल कार्यक्रम अन्तरगत जियो फोन ल्याएको थियो, जसलाई भारतीय सरकारले पनि समर्थन गरेको थियो । सो योजनाअनुसार करिब मानिसहरुलाई न्यून शुल्कमा मोबाइल फोन दिईएको थियो ।

किसोरले प्रयोग गरिरहेको मोबाइल किनेको २ महिना मात्र भएको रिपोर्टमा उल्लेख छ । सो घट्ना कसरी भयो भन्ने अझै स्पष्ट भईसकेको छैन् । स्थानीय अधिकारीहरुले सो बारेमा अनुसन्धान शुरु गरेको घोषणा गरेका छन् ।

जियो फोन पड्किएको घट्नापछि सो गाउँका कयौं जियो फोन प्रयोगकर्ताहरुले सो फोन प्रयोग गर्न छोडेको रिपोर्टमा उल्लेख छ ।

माध्यम

easy care

प्रकाशित: १८ पुष २०७५, बुधबार

ताजा समाचार