दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष पद कसरी होला पूर्ति? क कसको छ संभावना

Technology Khabar १६ पुष २०७५, सोमबार

दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष पद कसरी होला पूर्ति? क कसको छ संभावना

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पदबाट दिगम्बर झाले राजिनामा दिएपछि सो स्थानमा को आउला भन्ने विभिन्न कोणबाट चर्चा शुरु भएको छ ।

दिगम्बर झाको राजिनामा स्विकृत नभएको हुँदा हाल को आउला भन्ने अनुमान भएपछि झाको राजिनामा सरकारले स्विकार गरेपछि नयाँ अध्यक्ष को होला भन्ने चर्चा शुरु भएको हो ।

सरकारले तत्काल प्राधिकरणको अध्यक्ष पद प्रतिस्पर्धात्मक तरिकाले नियुक्त गर्ने संभावना निकै कम रहेको हुँदा हालका लागि निमित्त वा कामचलाउ अध्यक्षको रुपमा कसैलाई जिम्मेवारी दिने संभावना रहेको छ । त्यसको लागि यसअघि जस्तै निमित्त दिने वा कार्यबाहकको जिम्मेवारीसहित अध्यक्ष दिने भन्ने विषय छलफलमै रहेको संचार तथा सूचना मन्त्रालय स्रोतको भनाई छ ।

यसअघि प्राधिकरणमा अध्यक्ष नहुँदा सोहि संस्थाका वरिष्ठ कर्मचारीहरुले सो पदमा निमित्तको रुपमा चलाउने परम्परा रहँदै आएको छ । यसअघि पनि दिगम्बर झालाई सरकारले पदबाट हटाएपछि प्राधिकरणकै वरिष्ठ निर्देशक आनन्दराज खनाललाई निमित्त अध्यक्षमा नियुक्ति गरेको थियो तर उनलाई नियमित काम गर्न बाहेक अन्य दिर्घकालिन किसिमका निर्णयहरु गर्नमा भने रोक लगाएको थियो ।

अब फेरी झाको राजिनामापछि सोहि अवस्था प्राधिकरणमा पुन दोहोरिएको छ ।

प्राधिकरणमा हाल आनन्द राज खनाल र पुरुषोत्तम खनाल वरिष्ठ निर्देशकको पदमा कार्यरत छन् । दुबैमध्ये आनन्द राज खनाललाई पहिलो तहमा छन भने त्यसभन्दा मुनिको तहमा अर्का खनाल रहेका छन् ।

दुईमध्ये आनन्द राज खनाललाई संचार तथा सूचना प्रविधि मन्त्रालयले आईटि विज्ञको रुपमा मन्त्रालयमा तानिएको छ भने अर्का वरिष्ठ निर्देशक मात्र प्राधिकरणमा बाँकी रहेका छन् ।

मन्त्रालयले आनन्द राज खनाललाई आईटि विज्ञको रुपमा मन्त्रालयमा तानेको पत्र आजै प्राधिकरणको कमलादी स्थित कार्यालयमा पुगिसकेको भएपनि आनन्द राज खनाल काठमाडौं उपत्यकाबाहिर रहेको हुँदा उनले सो पत्र बुझ्न नसकेको प्राधिकरण स्रोतले जानकारी दियो ।

संभवत उनले सो पत्र म‌ंगलबार बुझ्नेछन भने त्यसपछि उनी मन्त्रालयमा आईटि विज्ञको रुपमा काजमा खटिने छन् । आईटि विज्ञको रुपमा रहेर उनले मन्त्रालयमा दूरसंचार र सूचना प्रविधिको नीतिगत तहमा मन्त्रालयले अगाडि सारेका योजनाहरुमा काम गर्ने मन्त्रालय स्रोतको दाबी छ ।

आनन्द राज खनाललाई मन्त्रालयमा तानिएपछि प्राधिकरणमा एक मात्र वरिष्ठ निर्देशक पुरुषोत्तम खनाल रहनेछन् । जसले संभवत केहि दिनभित्रै प्राधिकरणको अध्यक्षको रुपमा जिम्मेवारी पाउनेछन् ।

संभवत उनलाई प्राधिकरणको कार्यबाहक अध्यक्षको जिम्मेवारीसमेत दिईने तयारी रहेको मन्त्रालय स्रोतको दाबी छ ।

‘मन्त्रालयले कार्यबाहक अध्यक्षको लागि कानूनी प्रकृया गर्दैछ, संभवत छिटै नयाँ अध्यक्ष प्राधिकरणमा आउनेछन्,’ स्रोतले भन्यो ।

सरकारले प्राधिकरणमा अध्यक्ष पदको आवेदन माग गर्दा आनन्द राज खनाल र पुरुषोत्तम खनाल दुबैले आवेदन दिएका थिए । जसमध्ये पुरुषोत्तम खनाल छनौट समितीको सिफारिसमा उत्कृष्ट तीनको सूचीमा समावेश भएका थिए भने आनन्द राज खनाल सो प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।

खनालद्धय नै सो पदका लागि दाबेदार भएकोबाट सो पदका लागि दुबै योग्य भएको स्पष्ट हुन्छ ।

दुबैमा अध्यक्ष पदको लागि आवश्यक न्यूनतम योग्यता भएको हुँदा कसले अध्यक्षको जिम्मेवारी निभाउँछ त्यसले खासै ठूलो अर्थ नराख्ने प्राधिकरणका कर्मचारीहरुको भनाई छ । ‘हाम्रो लागि दुबै वरिष्ठ कर्मचारी हुनुहुन्छ, प्रतिस्पर्धाबाट अध्यक्ष नआउँदासम्म दुईमध्ये एकले जिम्मेवारी निभाए पनि कुनै नयाँ हुँदैन्, यसअघि पनि आनन्द सरले यस्तो जिम्मेवारी निभाईसक्नुभएको छ,’ प्राधिकरणका एक कर्मचारीले भने ।

अर्का कर्मचारीले आनन्द सर मन्त्रालयमा तानिएको र एक वरिष्ठ निर्देशक मात्र प्राधिकरणमा हुँदा काम कारबाहिमा अझ सुस्तता आउनसक्ने आशंका व्यक्त गरे । ‘जो भएपछि फरक पर्दैन्, तर प्राधिकरणको काम तिब्र गतिमा हुनुपर्दछ,’ उनले स्पष्ट पारे ।

easy care

प्रकाशित: १६ पुष २०७५, सोमबार

ताजा समाचार