विश्वको पहिलो पाँचवटा क्यामरा सेटअप भएको स्मार्टफोन आउँदै, जनवरीमा सार्वजनिक हुने

Technology Khabar १५ पुष २०७५, आईतवार

विश्वको पहिलो पाँचवटा क्यामरा सेटअप भएको स्मार्टफोन आउँदै, जनवरीमा सार्वजनिक हुने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । नोकियाले विश्वको पहिलो पाँच वटा क्यामरा भएको स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । यो स्मार्टफोन जनवरीको अन्तिम सातामा लन्च गर्ने अनुमान गरिएको छ । नोकिया फोन बनाउने कम्पनी एचएमडी ग्लोबलले बनाउने नोकिया नाइन प्योरभ्यू (Nokia 9 pureview) स्मार्टफोनको बारेमा केहि अघि जानकारी बाहिर आएको थियो ।

करिब १ वर्षदेखि बजारमा आउने चर्चा रहेको सो स्मार्टफोन बल्ल बजारमा आउन तयार भएको छ । हालै सो स्मार्टफोनको बारेमा रसियन पब्लिकेसनमा जानकारी देखिएको छ ।

नोकिया नाइन प्योरभ्यू स्मार्टफोन विशेष कार्यक्रमका साथ सार्वजनिक हुने रिपोर्टमा उल्लेख छ ।

सो जानकारीमा राखिएको तस्विर यसअघि आएको कन्सेप्ट फोटोसँग मिल्दोजुल्दो रहेको छ जहाँ पाँचवटा क्यामराहरु रहेका छन्।

नोकियाको फ्रन्ट प्यानलमा ठूलो फ्रन्ट क्यामरा र नोच नराखिएको डिस्प्ले रहेको छ । यसअघिको रिपोर्टअनुसार नोकिया नाइन प्योरभ्यू स्मार्टफोनको रियर भागमा एलईडी फ्ल्याशका साथमा ५ वटा क्यामरा सेन्सर हुनेछ।

यो स्मार्टफोनमा ६ इन्चको डिस्प्ले, ८ जीबी र्याम र २५६ जीबीको स्टोरेज हुनसक्ने छ भने स्न्यापड्रागन ८५५ प्रोसेसर राखिने अनुमान छ ।

फोटोग्राफीका लागि ५ वटा मूख्य क्यामरा सेन्सरभएको पेन्टा क्यामरा सेटअप हुनेछ जसमध्ये दुईवटा १६ प्लस १६ मेगापिक्सेको सेन्सर तथा अर्को दुईवटा १२ प्लस १२ मेगापिक्सेलको क्यामरा हुनेछ । त्यस्तै पाँचौं क्यामरा भने ८ मेगापिक्सेलको हुनेछ । त्यस्तै फोनमा १२ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ ।

फोनमा पावरका ब्याकअपका लागि ४,१५० एमएएचको ब्याट्री हुने अनुमान छ जसको मूल्य ४,७०० यूआन भन्दा बढि हुनसक्नेछ ।

Sajilo Visa

प्रकाशित: १५ पुष २०७५, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार