एप्पलले महंगा मूल्यका आइफोन भारतमा बनाउँदै, घट्ला त आइफोनको मूल्य ?

Technology Khabar १५ पुष २०७५, आईतवार

एप्पलले महंगा मूल्यका आइफोन भारतमा बनाउँदै, घट्ला त आइफोनको मूल्य ?

काठमाडौं ।

काठमाडौं । आइफोन उत्पादक कम्पनी एप्पलले आफ्ना महंगा र नयाँ आइफोनहरु भारतमा बनाउने भएको छ । यसअघि छिमेकी मुलुक भारतमा कम्पनीले सिमित र पुराना आइफोनहरु मात्र उत्पादन गर्दै आएको थियो ।

तर अब भने कम्पनीले सन् २०१९ देखि उत्पादन हुने नयाँ आइफोनहरुको केहि सामाग्रीहरु भारतमा बनाउने तयारी गरेको हो ।

एप्पलका आइफोनहरु भारतस्थीत फक्सकनको फ्याक्ट्रीमा निर्माण हुनेछ जसमा कम्पनीले सबैभन्दा महंगो आइफोनहरु पनि बनाउने छ । ताइवानी उत्पादनक कम्पनी फक्सकनको तामिल नाडूमा रहेको प्लान्टमा कम्पनीले एक्स सिरिजका आइफोनहरु समेत निर्माण गर्नेछ, जसले भारतीय बजारमा आइफोनको बजार उचाई बढाउने अनुमान गरिएको छ ।

फक्सकनले यसअघि नै भारतमा शाओमी कर्पका लागि स्मार्टफोनहरु तयार पारिरहेको छ, जून भारतिय बजारको माग धान्ने गर्दछ । सो कम्पनीले आइफोन प्लान्टको लागि थप ३५६ मिलियन अमेरिकी डलर लगानी गरेर प्लान्ट बिस्तार गर्नेछ जसमा आइफोन उत्पादनको लागि प्रयोग हुनेछ ।

रोयटर्सकाअनुसार सो लगानीले थप २५हजार रोजगारी सिर्जना गर्ने अनुमान गरिएको तामिल नाडूका उद्योग मन्त्री एम सी साम्पथले बताएका छन् ।

यो लगानीले हालै अमेरिका र चीनका बिच चलिरहेको व्यापार युद्धबाट एप्पललाई बचाउन सक्ने अनुमान पनि गरिएको छ ।

हाल अमेरिकी कम्पनी एप्पलले भारतमा सस्तो मूल्यका आइफोन एसई र आइफोन सिक्स एस मात्र उत्पादन गरिरहेको छ । जून विस्ट्रन कर्पको स्थानिय फ्याक्ट्रीमा तयार हुन्छ । हाल भारतीय बजारमा एप्पलको केबल १ प्रतिशत बजार हिस्सा छ ।

त्यस्तै भारतले बाहिरबाट आयात हुने डिभाइस र त्यसको कम्पोनेन्टमा लगाएको अतिरिक्त आयात करले गर्दा आइफोन निकै महंगो रहेको छ ।

भारतमा नै स्थानिय तहमा आइफोन निर्माण गर्दा एप्पललाई निकै चर्को करहरु घटाउन सहयोग गर्दछ जसले उत्पादनको मूल्य पनि कम हुनेछ भने बजार हिस्सा बढाउन सकिने विश्लेषण गरिएको छ ।

माध्यम

easy care

प्रकाशित: १५ पुष २०७५, आईतवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार