प्रदेश नम्बर ४ को चार जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट पुर्याईने, दूरसंचार प्राधिकरणले माग्यो आवेदन

Technology Khabar ८ मंसिर २०७५, शनिबार

प्रदेश नम्बर ४ को चार जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट पुर्याईने, दूरसंचार प्राधिकरणले माग्यो आवेदन

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले प्रदेश नम्बर ४ को विभिन्न ४ जिल्लाहरुमा ब्रोडब्याण्ड नेटबर्क बनाउने भएको छ । प्राधिरकणले ग्रामिण दूरसंचार कोषमार्फत सो नेटवर्क बनाउन तथा इन्टरनेट कनेक्टिभिटी प्रदान गर्न इच्छुक कम्पनीहरुसँग लागि आवेदन माग गरेको छ ।

प्राधिकरणकाअनुसार प्रदेश नम्बर ४ को मनांग, मुस्ताङ, म्याग्दी र बाग्लुङ्ग जिल्लाहरुमा ब्रोडब्याण्ड सेवा पुर्याउनका लागि सार्वजनिक आवेदन माग गरेको हो ।

सो सूचनाअनुसार सेवा प्रदायकले १२ महिनाभित्र ती जिल्लाहरुमा हाइब्रिड ब्रोडब्याण्ड नेटवर्क बिस्तार गर्नुपर्नेछ र ती जिल्लाहरुमा रहेका नगरपालिका, गाउँपालिका, सार्वजनिक विद्यालय, क्याम्पस, वडा कार्यालय, स्वास्थ्य चौकीलगायतका क्षेत्रहरुमा सेवा दिनुपर्नेछ ।

प्रदेश नम्बर ४ को चार जिल्लामा ब्रोडब्याण्ड पुर्याउन इच्छुक कम्पनीहरुले ग्रामिण दूरसंचार कोषमा बिगत ३ वर्षदेखि न्यूनतम २० लाख रुपैयाँ योगदान गरेको हुनुपर्नेछ भने हाल कम्तिमा १०० किलोमिटरको प्रशारण लाइन बनाएको हुनुपर्नेछ ।

त्यस्तै त्यस्ता सेवा प्रदायक कम्पनीहरुले कम्तिमा ५ हजार ग्राहकहरुलाई इन्टरनेट तथा डाटा सेवा दिईरहेको हुनुपर्ने शर्तहरु तोकिएको प्राधिकरणको सूचनामा उल्लेख छ ।

easy care

प्रकाशित: ८ मंसिर २०७५, शनिबार