विश्वमा पहिलो पटक उच्च तहको ब्याण्ड फाइभ जी स्पेक्ट्रमको लागी बोलकबोल हुने

Technology Khabar २९ कार्तिक २०७५, बिहीबार

विश्वमा पहिलो पटक उच्च तहको ब्याण्ड फाइभ जी स्पेक्ट्रमको लागी बोलकबोल हुने

काठमाडौं ।

काठमाडौं । अमेरिकाको फेडेरल कम्यूनिकेसन्स कमिसनले पहिलो पटक उच्च तहको ब्याण्ड फाइभ जी (5G) स्पेक्ट्रमको लागि बोलकबोल टेण्डर (auction) गर्ने भएको छ ।

फाइभ जीको बिडिङ २८ गीगाहर्ज ब्याण्डबाट शुरु भएर २४ गीगाहर्ज ब्याण्डसम्म जानेछ । जसमा कुल १.५५ गीगाहर्जको स्पेक्ट्रम अपरेटरहरुका लागि उपलब्ध छ । यी संभवत विश्वमा नै पहिलो पटक व्यवसायीक प्रयोगमा आउने फाइज जी मोबाइल सेवाहरुको लागि प्रयोग हुने अपेक्षा गरिएको छ, जून यसअघि नै अमेरिकाको सबैभन्दा ठूलो मोबाइल अपरेटर भर्जिनले परिक्षण गरिसकेको छ ।

अमेरिकी नियमनकारी निकाय फेडेरल कम्यूनिकेसन्स कमिसन (Federal Communications Commission) ले यसअघि नै उच्च तहको स्पेक्ट्रमको अक्सन सन् २०१९ का लागि गरेको सुनिश्चित गरिसकेको छ । जसमा ३७ गीगाहर्ज, ३९ गीगाहर्ज र ४७ गीगाहर्जमा माइक्रोवेब ब्याण्ड हुनेछन् । कुल मिलाएर एफसिसिले आगामी १५ महिनाभित्र करिब ५ गीगाहर्ज स्पेक्ट्रम उपलब्ध गराउने अपेक्षा गरेको छ, जून हाल मोबाइल अपरेटरहरुले प्रयोग गरिरहेको भन्दा निकै धेरै भएको बताईएको छ ।

२८ गीगाहर्ज ब्याण्डमा लाइसेन्सको बोलकबोलका लागि पटक पटक अक्सनको फम्र्याट पुरा गरेपछि मात्र प्राप्त हुनेछ । देशभरी नै २८ गीगाहर्ज लाइसेन्सका लागि दुईवटा ४२५ मेगाहर्ज ब्लक छ्ट्याईएको छ ।

त्यस्तै २४ गीगाहर्ज ब्याण्डको अक्सनका लागि ‘क्लक अक्सन’ फम्र्याट लागू गरिने बताईएको छ । क्लक अक्सन भन्नाले समयानुसार उच्च रकमको कबोलबाट शुरु हुन्छ र अन्त्यमा न्यूनतम कबोल गर्ने वा आधार मूल्यमा बिक्री गरिन्छ । जसमा प्रत्येक ब्लकका लागि छुट्टाछुट्टै रकम बोलकबोल गराईने छ ।

त्यसपछि मात्र जेनेरिक ब्लकको बिजेताहरुलाई फ्रिक्वेन्सी स्पेशिफिक लाइसेन्स असाइनमेन्टका लागि अनुमति दिईनेछ । २४ गीगाहर्ज लाइसेन्स १०० मेगाहर्जको सातवटा ब्लकहरुमा लागू गरिनेछ ।

माध्यम

easy care

प्रकाशित: २९ कार्तिक २०७५, बिहीबार