एप्पलको नयाँ आइफोनमा ‘नोच डिस्प्ले’ को साटो ‘होल डिस्प्ले’ डिजाइन, यस्तो छ नयाँ पेटेन्ट दर्ता

Technology Khabar २८ कार्तिक २०७५, बुधबार

एप्पलको नयाँ आइफोनमा ‘नोच डिस्प्ले’ को साटो ‘होल डिस्प्ले’ डिजाइन, यस्तो छ नयाँ पेटेन्ट दर्ता

काठमाडौं ।

काठमाडौँ । टेक कम्पनी एप्पलले आइफोन एक्सका साथमा स्मार्टफोन उद्योगमा ‘डिस्प्ले नोच’को ट्रेण्ड सेट गरेको छ । तर अब भने कम्पनीले नयाँ डिजाइनको डिस्प्ले ल्याउने संभावना देखिएको छ ।

आगामी दिनमा एप्पलले ल्याउने आइफोनको डिस्प्लेमा सानो प्वाल मात्र देख्न सकिनेछ ।

आइफोनमा बेजल कमगर्नका लागि एप्पलले ‘होल इन डिस्प्ले’ दिनसक्ने अनुमान गरिएको छ । बेजल कमगर्नका लागि नोच डिजाइन आएको थियो भने कुनै स्मार्टफोनहरुमा स्लाइडर क्यामरा पनि राखिएका छन् ।

एप्पलको पेटेन्ट दर्ताबाट आगामी डिस्प्ले डिजाइनको बारेमा नयाँ जानकारी आएको हो ।

हालै आएको एक रिपोर्टअनुसार नयाँ पेटेन्टको टाइटल इन्टिग्रेटेड क्यामरा विण्डो रहेको छ र यसलाई अमेरिकी पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा जून महिनामा दर्ता गरिएको थियो । एप्पलको यो पेटेन्टलाई ट्रेडमार्क अफिसले नोभेम्बरमा अनुमति दिएको छ ।

पेटेन्टमा दिईएको इमेजलाई हेर्दा डिस्प्लेको टप राइट कर्नरमा क्यामरा देखिन्छ । पेटेन्टको अनुसार डिस्प्ले एउटा विशेष किसिमको ग्लासको छ र त्यसमा सानो प्वाल रहेको छ । रिपोर्टकाअनुसार सन् २०१९ मा आउने आइफोनमा यो डिस्प्ले आउन सक्दछ । तर कयौं पटक पेटेन्ट दर्ता भएपनि त्यस्ता डिजाइनहरु साँच्चिकै नआउन पनि सक्दछन् ।

यदि यो पेटेन्टअनुसार नै एप्पलले आगामी दिनमा आइफोन ल्याएमा त्यसमा नोच डिजाइन हट्नेछ । किनकी त्यसको होलमा फ्रन्ट क्यामरा दिईनेछ, जसलाई अण्डर डिस्प्ले फ्रन्ट क्यामरा पनि भन्न सकिनेछ ।

यस्तै किसिमको डिस्प्ले डिजाइन हालै सामसंगले पनि आफ्नो डेभलपर्स कन्फ्रेन्समा देखाएको थियो । जहाँ कम्पनीले चारवटा नयाँ किसिमका डिस्प्ले देखाएको थियो जसमध्ये एउटा ‘इन्फिनिटी ओ’ हो । यो डिस्प्लेमा क्यामराका लागि एउटा होल दिईएको छ ।

विश्वका दुई ठूला टेक कम्पनीहरुमध्ये कसले यो डिजाइनमा सबैभन्दा पहिलो फोन ल्याउँछ भन्ने हेर्न रोचक हुनेछ । तर त्यसको लागि अझै केहि समय कुर्नुपर्ने हुन्छ ।

easy care

प्रकाशित: २८ कार्तिक २०७५, बुधबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार