फेसबुकको लाइट भर्सन अब आइओएसमा पनि, हाल परिक्षण हुँदै

Technology Khabar २० आश्विन २०७५, शनिबार

फेसबुकको लाइट भर्सन अब आइओएसमा पनि, हाल परिक्षण हुँदै

काठमाडौं ।

काठमाडौँ । फेसबुकले आइफोन यूजरका लागि फेसबुक लाइट उपलब्ध गराउने तयारी गरेको छ । कम्पनीले हाल फेसबुक लाइट आइओएसका लागि परिक्षण गरिरहेको छ ।

सन् २०१५ देखि एन्ड्रोयड यूजरका लागि उपलब्ध सो एप हालसम्म विकासशिल मुलुकहरुमा मात्र उपलब्ध थियो । तर अब भने अमेरिका र यूरोपेली मुलुकहरुमा पनि फेसबुक लाइट उपलब्ध हुनेछ ।

विशेगारि जो कम डेटा प्रयोग गर्न चाहन्छन तर फेसबुक पनि चलाउन चाहन्छन ती प्रयोगकर्तालाई ध्यानमा राखेर यो तयार पारिएको हो ।

फेसबुक लाइट केबल ५ एमबिपिएसको रहेको छ भने यसले निकै कम डेटा खपत गर्दछ । त्यस्तै स्मार्टफोनमा कम स्टोरेज भएपनि यो डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

सामान्य फेसबुकको साइज ५०० एमबी रहेको छ ।

हाल फेसबुक लाइट टर्कीमा परिक्षणको बेला देखिएको छ भने अन्य छनौट गरिएका देशहरुमा मात्र क्रमशः उपलब्ध हुने बताईएको छ ।

easy care

प्रकाशित: २० आश्विन २०७५, शनिबार

ताजा समाचार