ओपो एफनाइन स्टारी पर्पल रंगमा सार्वजनिक, मूल्य ४१ हजार ५सय ९० रुपैयाँ

Technology Khabar १६ आश्विन २०७५, मंगलवार

ओपो एफनाइन स्टारी पर्पल रंगमा सार्वजनिक, मूल्य ४१ हजार ५सय ९० रुपैयाँ

काठमाडौं ।

काठमाडौं । ओपोले नेपाली बजारमा एफनाइन अन्तर्गत नयाँ उत्पादन आकर्षक स्टारी पर्पल रंगमा सार्वजनिक गरेको छ ।

५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने भोक फ्ल्याश चार्ज र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइन सुसज्जित एफनाइन स्टारी पर्पलको डिजाइन प्रयोगकर्तालाई पृथक अनुभव प्रदान गर्नुका साथै ओपोको प्राविधिक समृद्धि र नवप्रबर्तनात्मक विशेषज्ञताको प्रतिबिम्ब दिने सोचका साथ गरिएको छ ।

४१ हजार ५सय ९० रुपैयाँ मूल्य निर्धारण गरिएको ओपो एफनाइन असोज १६ गतेदेखि देशभर रहेका अफलाइन स्टोर्स मार्फत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

स्मार्टफोनमा ६.३ ईञ्च वाटरड्रप स्क्रिन डिजाइन, ९०.८% उच्च स्क्रिन टू बडी रेसियो, पृथक ग्राडियण्ट कलर डिजाइन छ भने ३५०० एमएएच ब्याट्री सहितको एफनाइनले उत्कृष्ट सेल्फी फञ्शनका साथै आनन्ददायी अनुभव, फास्ट चार्जिङ र लामो समयसम्म टिक्ने ब्याट्रीको सुविधापनि प्रदान गर्ने कम्पनीको दाबी छ ।

एफनाइनमा ओपोले स्वतन्त्ररुपमा विकास गरेको भोक फ्ल्याश चार्ज सुविधा उपलब्ध गरिएको छ । यो प्रविधिले न्यून भोल्टेज चार्जिङ प्रविधिको उपयोग गर्दै साधारण ५भी/१ए चार्जिङका तुलनामा ४ गूणा तिब्र चार्जिङ गति प्रदान गर्छ ।

भोकले एडेप्टरदेखि पोर्टहुँदै फोनको आन्तरिक भाग सम्म पुग्दा विशेष ५ तहको सुरक्षा प्रणालीको अवलम्बन गर्छ । भोकमा भोल्टेज रिड्युसिङ सर्किटको स्थानमा एमसीयूको प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १६ आश्विन २०७५, मंगलवार